Welcome, Guest Log In Sign Up  

ओझेलमा परिन सिल्भीया

subhashby subhash
Tue Aug 5, 2008 10:43 am NST

विद्यार्थी जीवनको फलामे ढोकाको रुपमा लिइने एसएलसी परिक्षाको नतिजा प्रकाशनमा बोर्डमा आएका विद्यार्थीहरुको नामावली प्रकाशनको अनियमितताले बोर्डका लागि हुने अस्वस्थ प्रतिस्पर्धामा त कमी आएको हुन सक्छ तर यसले गर्दा मेहनती विद्यार्थीहरु भने ओझेलमा पर्ने गरेका छन् । यस पटक यसको शिकार बनीन - सिल्भीया वज्राचार्य ।

हालसम्म प्राप्त जानकारी अनुसार यस पटकको एसएलसी परीक्षाको नतिजामा भक्तपुर जिल्लाको मध्यपुर थिमिमा अवस्थित विनायक शिक्षा निकेतनकी मेधावी छात्रा सिल्भीया वज्राचार्य नेपाल प्रथम हुन सफल भएकी छिन् । हालसम्म उनको प्राप्ताङ्क भन्दा बढि आएको भनी कुनै प्रकारको समाचार वा दावी आएको देखिएको छैन ।

यस बाहेक अर्को महत्वपूर्ण कुरा त सिल्भीयाले नेपालको ६५ वर्षे एसएलसीको इतिहासमा नयाँ रेकर्ड कायम गरेकी छिन् । विसं १९९० देखि सुरु भएको एसएलसी परीक्षाको इतिहासमा सिल्भीयाले प्राप्त गरेको जति अङ्क ७६४ तथा ९३.६३ % आजसम्म कसैले पनि प्राप्त नगरेको दावी विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको छ त्यसमा पनि छात्रातर्फ त यो रेकर्ड कसैले पनि कायम गर्न सकेका छैनन् ।

कक्षा नर्सरीदेखि नै विनायक शिक्षा निकेतनमा अध्ययन गरेकी सिल्भीया हरेक बर्ष कक्षा प्रथम हुँदै आएकी मेधावी तथा जेहेन्दार छात्रा भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले संचार नेपाललाई जानकारी गराएका छन् । सिल्भीया जिज्ञासु, लगनशील, अनुशासित तथा मेधावी छात्रा थिइन् जसले कहिल्यै समयलाई खेर जान नदिई पढाइलाई निरन्तरता दिइ रहिन् जसको फलस्वरुप सोचेभन्दा राम्रो नतिजा आयो प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले थपे ।

मध्यम वर्गीय परिवारमा जन्मिएकी सिल्भीया दश जोड दुईको पढाइ सकिएपछि एमबिबिएस अध्ययन गरेर चिकित्सक बनी आफ्नो समाज र देशको सेवा गर्ने लक्ष्य राखेकी छिन् । "हेरौं आर्थिक र शैक्षिक रुपमा सफल भएमा आफ्नो जन्मभूमी नेपालमा नै बसी नेपालीहरुको सेवा गर्नेछु र रोग भोक र अशिक्षाले ग्रस्त नेपालका विभिन्न ठाउँमा गई मानवसेवा गर्नेछु" - सिल्भीया भन्छिन् । त्यस्तै उनका पिता नरेन्द्र वज्राचार्य र माता सुलोचना वज्राचार्य पनि छोरीको सफलताका लागि विद्यालय विनायक शिक्षा निकेतन तथा शिक्षक परिवारप्रति आभार व्यक्त गर्दै आफू भाग्यमानी मातापिता भएको बताउँछन् ।

गत ७५ बर्षे नेपालको एसएलसी इतिहासमा नयाँ रेकर्ड कायम गरेकी सिल्भीयाले नेपालीमा ८५, सामाजिक विषयमा ९०, गणितमा १००, अङ्गे्रजीमा ९१, विज्ञानमा ९६, अतिरिक्त गणितमा ९५, कम्प्युटरमा ९९ तथा जनसंख्या तथा वातावरण शिक्षामा ९३ गरी कुल ८०० पूर्णाङ्कमा ७४९ अङ्क हासिल गरेकी थिइन् ।


Post a reply

Related Stories
नेपाली मुन्नाभाई एमबिबिएस
२०६३ सालको एसएलसीमा विद्यार्थी संख्या शून्य ?
एसएलसी नतिजा सार्वजनिक
एसएलसी शुरु
एसएलसी चैत ४ देखि : तयारी पूरा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com