Welcome, Guest Log In Sign Up  

आज सूर्यग्रहण

rnby rn
Fri Aug 1, 2008 3:45 pm NST

शुक्रबार नेपाली समय अनुसार दिउँसो १ बजेर ४९ मिनेट ७ सेकेण्डबाट खण्डग्रास सूर्यग्रहण सुरु हनेछ । क्यानडाको पूर्वउत्तरबाट सुरु हुने ग्रहण नेपाली समयअनुसार साँझ ६ बजेर २३ मिनेट २८ सेकेण्डमा बंगालको खाडीको मध्य भागमा अन्त्य हुनेछ । क्यानडाबाट सुरु भएको खग्रास सूर्य ग्रहण रुस मंगोलिया र चीनका विभिन्न भाग हुँदै चीनको झ्यान र संघाईको बीचमा पुगेर अन्त्य हुनेछ ।

यस पटकको ग्रहणमा पृथ्व्ाीबाट सूर्यलाई देखिने कोणीय ब्यास ठूलो हुने हुदा आकाशको पनि केही भाग ढाक्नेछ । खग्रास सूर्यग्रहण अर्थात् सूर्यलाई छायाँले पूरै छोपेको दृश्य भने क्यानडाको पूर्वी तटीय क्षेत्रमा नेपाली समय अनुसार दिउँसो ३ बजेर ०६ मिनेट जाँदा सुरु भएर रुस मंगोलिया र चीनको विभिन्न भाग हुँदै चीनको झ्यान र संघाईको बीचमा पुगेर साँझ ५ बजेर ६ मिनेटमा अन्त्य हुनेछ । यस बाहेक सूर्य ग्रहण देखिने अन्य भागमा भने खण्डग्रास ग्रहण हुनेछ । यस पटकको ग्रहणमा पृथ्वीबाट सूर्यलाई देखिने कोणीय व्यासभन्दा चन्द्रमा देखिने कोणीय व्यास ठूलो हुने हुँदा आकासको पनि केही भाग ढाक्छ । त्यसैले यो ग्रहणलाई खग्रास सूर्य ग्रहणको यथार्थ नमूना मान्न सकिन्छ । नेपालबाट पनि यो खण्डग्रास सूर्यग्रहणलाई हेर्न सकिनेछ तर हेर्नका लागी धेरै होसियारी अपनाउनु पर्नैछ । नत्र निकै जोखिम बेहोर्नू पर्नेछ । होस पुर् याउनु होस है सूर्य ग्रहणलाई खाली आखाले हेर्न नै हुनैन त्यस्तै बाईनाकुलर वा टेलिस्कोप प्रयोग गरेर पनि सुर्य ग्रहणलाई हेर्न हुदैन । यी कुरामा होस नगर्दा आखाको ज्योती सदाका लागी गुम्न सक्छ । यसै गरी एक्स रे प्लेट ध्वास्ााे लगाएको ऐना चस्मा तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अबलोकन नगर्न सचेत गराईएको छ । तर तपाई संग हिमाल आरोहणमा प्रयोग गरिने बिशेष प्रकारको गाढा रंगको धातु लेपन भएको चश्मा छ भने त्यस बाट सूर्यग्रहण हेर्न सक्नुहुनेछ । नेपाल लगायत विश्वका कैयौं देशमा सूर्यग्रहणका सम्बन्धमा विभिन्न रुढिवादी सोचहरु पनि रहेको पाइन्छ । तर वैज्ञानिक रुपमा यसको कुनै अर्थ छैन । वैज्ञानिकहरु सूर्यग्रहणको यो प्रकि्रयालाई सामान्य भन्दछन् । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा त्यसको छायाँका कारण सूर्यग्रहण हुने भएको हुँदा कुनै व्यक्तिको छायाँ अर्कोमा पर्दा जे असर देखिन्छ त्यही असर मात्र हुने विज्ञहरुको भनाई छ । तर हाम्रो समाजमा सूर्यग्रहणलाई दलितहरुसँग जोडेर हेर्ने गरिन्थ्यो । अहिले भने यस्तो सोचाईमा विस्तारै परिवर्तन आइरहेको छ । विगतमा सूर्यग्रहणका बेलामा केही खान नहुने लगायतका मान्यता रहेका थिए ।

यो त भयो परम्परागत सोचाई अनि सूर्य ग्रहणलाई हेर्दा अपनाउनुपर्ने होसियारी । अब जानकारी लिउँ नेपालमा देखिने यसपटकको सूर्यग्रहणको समयका बारेमा । सूर्यग्रहण नेपालको सुदूर पश्चिम उत्तर सिमाना दार्चुला जिल्लामा दिउँसो ४ बजेर १६ मिनेटमा सुरु भएर दक्षिण भागबाट साँझ ६ बजेर १४ मिनेटमा अन्त्य हुनेछ । नेपालबाट सूर्यग्रहण देिखंदा सूर्यको ५४ देखि ६४ भाग मात्र देखिनेछ भने अन्य भाग कालो देखिनेछ । नेपालमा लगभग एक घण्टा ५० मिनेटसम्म ग्रहण लाग्नेछ । नेपालमा सबैभन्दा पहिला चन्द्रगढीमा ४ बजेर २४ मिनेट ४७ सेकेण्डदेखि ६ बजेर १३ मिनेट ४९ सेकेण्डसम्म सूर्यग्रहण देखिनेछ । त्यसपछि विराटनगरमा ४ बजेर २४ मिनेट ५६ सेकेण्डदेखि ६ बजेर १४ मिनेट ५ सेकेण्डसम्म जनकपुरमा ४ बजेर २४ मिनेट १८ सेकेण्डदेखि ६ बजेर १४ मिनेट १ सेकेण्डसम्म सूर्यग्रहण देखिनेछ । त्यस्तै काठमाडौंमा ४ बजेर २२ मिनेट ८ सेकेण्डदेखि ६ बजेर १३ मिनेट १ सेकेण्डसम्म पोखरामा ४ बजेर २० मिनेट ५१ सेकेण्डदेखि ६ बजेर १२ मिनेट ३४ सेकेण्डसम्म र नेपालगाजमा ४ बजेर २४ मिनेट ५८ सेकेण्डदेखि ६ बजेर १४ मिनेट ५४ सेकेण्डसम्म सूर्यग्रहण लाग्नेछ । नेपालबाट देखिने सबै सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण नै हुन् । खग्रास सूर्यग्रहण भने चीन लगायत केही देशहरुबाट देखिनेछ । नेपालमा लाग्ने खण्डग्रास सूर्यग्रहण महेन्द्रनगरमा ४ बजेर १८ मिनेट २९ सेकेण्डदेखि ६ बजेर ११ मिनेट ४६ सेकेण्डसम्म देखिने पनि वैज्ञानिकहरुले बताएका छन् । यस पटक लाग्ने सूर्यग्रहणको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । यसको निम्ति सम्पूर्ण तयारी पूरा भइसकेको नासाले जनाएको छ । सूर्य ग्रहणको प्रत्यक्ष प्रशारण हेर्नका लागि तपाईले नासा टिभी र वेभसाईट डब्लु डब्लु डब्लु डट एनएएसए डट जीओभी डटमा लगअन गर्नुपर्नेछ । सूर्यलाई पृथ्वीले घुम्ने क्रममा बीचमा चन्द्रमाको छायाँ पर्न गई सूर्य ग्रहण लाग्ने गर्दछ । सूर्य पृथ्बीबाट लगधग १५ करोड किलो मिटर टाडा रहेको छ भनेपृथ्बीभन्दा १०९ गुना ठुलो रहेको छ । सूर्य र पृथ्वीको बीचमा चद्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आशिक रुपमा छेकेमा अर्थात चद्रमाको छाया पृथ्वीमा पर्न गएमा छाया परेको स्थानमा सूर्यग्रहण लाग्ने गर्देछ ।

नेपालमा खण्डग्रास सूर्यग्रहण
चन्द्रगढीमा ४ बजेर २४ मिनेट ४७ सेकेण्डदेखि ६ बजेर १३ मिनेट ४९ सेकेण्डसम्म
विराटनगरमा ४ बजेर २४ मिनेट ५६ सेकेण्डदेखि ६ बजेर १४ मिनेट ५ सेकेण्डसम्म
जनकपुरमा ४ बजेर २४ मिनेट १८ सेकेण्डदेखि ६ बजेर १४ मिनेट १ सेकेण्डसम्म
काठमाडौंमा ४ बजेर २२ मिनेट ८ सेकेण्डदेखि ६ बजेर १३ मिनेट १ सेकेण्डसम्म
पोखरामा ४ बजेर २० मिनेट ५१ सेकेण्डदेखि ६ बजेर १२ मिनेट ३४ सेकेण्डसम्म
नेपालगाजमा ४ बजेर २४ मिनेट ५८ सेकेण्डदेखि ६ बजेर १४ मिनेट ५४ सेकेण्डसम्म
महेन्द्रनगरमा ४ बजेर १८ मिनेट २९ सेकेण्डदेखि ६ बजेर ११ मिनेट ४६ सेकेण्डसम्म


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com