Welcome, Guest Log In Sign Up  

नेपाली तिर्थयात्रु सहितको बस भारत दुर्घटना ३४ जनाको मृत्यु

rnby rn
Fri Aug 1, 2008 3:35 pm NST

भारतको उत्तराखण्डको चमोलि जिल्लामा नेपाली तिर्थयात्रु सहितको बस दुर्घटना हुंदा ३४ जनाको ज्यान गएको छ । बसमा रहेका पाँच जना घाइते भएका छन् । मृतक २३ जनाको शव भारत चमौलीको बुकेश्वर अस्पतालमा लगिएको र कानुनी प्रकि्रया सकेर पोष्टमार्टम गरिने त्यहां रहेका जनक राम पौडेलले जानकारि दिनुभएको छ । त्यस्तै द्दुई जनाको बुकेश्वर अस्पतालमा र तीन जनाको श्रीनगर अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रेको पनौति खोपासी ललितपुर हेटौंडा र केही काठमाण्डौका यात्रु लिएर चारधाम यात्रामा गएको बस भारतको अलकान्द नदीमा खसेको हो । नदिमा वस पुरै डुबेको र १२ जनालाई नदिले वगाएको आशंका छ । मृतक मध्ये २६ जना महिला छन् । प्रहरीले नदिबाट मृतकको लाश निकालॆको र पोष्टमार्टम सम्बन्धी आवाश्यक प्रकि्रयाका लागि आजै नेपाल प्रहरीको टाली त्यसतर्फ गएको छ । दिल्लिस्थित नेपाली दुतावासले घटनाबारे समन्वय गरिरहेको घटनास्थलमा रहेका घाइतेले जनाएका छन् । दुर्घटनामा परेको बसमा ३८ जना यात्रु थिए । अरनिको यातायातको ना।२।ख। २३९१ नंवरको बसले सन्तुलन गुमाएर नदीमा खसेको हेा । संगै गएका तीर्थयात्री मधुसूदन सुवेदीका अनुसार मृत्यु हुनेमा पनौती ५ का रामकृष्ण कार्की कालिका कार्की बाबुकाजी कार्की गंगा कार्की दुर्गाबहादुर बस्नेत कमला बस्नेत रमा सुवेदी रहेका छन् । त्यस्तै पनौती ७ का माधव नारायण मानन्धर सेतीमाया मानन्धर नन्दकुमार मानन्धर सीता मानन्धर मुक्तिनाथ मानन्धर नानीमैया मानन्धर छन् । पनौती ८ का श्रीधर सुवेदी सावित्री सुवेदी पुरुषोत्तम सुवेदी शान्ता सुवेदी रहेका छन् । त्यस्तै मृतक गोपाल के।सीको ठेगाना खुलेको छैन । घटनास्थलमा रहेका जनक पौडेलका अनुसार घाइते सावीत्रि सुवेदी गंगा कार्की राजेश थामी र पुष्कर न्यौपानेको अवस्था खतरामुक्त रहेको छ । पनौतिका सर्वसाधरणले आजै परराष्ट्र मन्त्रालयमा मृतकको शव नेपाल ल्याउन आवाश्यक पहल गरि दिन अपील गरेका छन् । भारतमा भएको दुर्घटनामा ३४ जना नेपालीको ज्यान गएपनि अहिले सम्म गृह र परराष्ट्र मन्त्रालयले ाधीकारिक जानकारी गराएको छैन । यता काभ्रेको पनौतीबाट भारतको वद्री केदार लगायत विभिन्न स्थानमा गएका तिर्थयात्री चढेकॊ बस दुर्घटनामा परपछि पनौती नगर क्षेत्र शोकमा डुवेको छ । बस दुर्घटनाको खबर आएपछि यहाँका बासिन्दा हिजो देखि नै भोक र निन्द्राको वास्ता नगरी आफन्तको खोज खबरमा लागेका छन् । बस दुर्घटनामा पनौतीको वडा नं। ५ ६ ७ र ८ का २५ भन्दा बढि तिर्थयात्रीको मृत्यु भएको खबर साचार माध्यमबाट आइरहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com