Welcome, Guest Log In Sign Up  

राष्ट्रपति मतदान सोमबार

rnby rn
Mon Jul 21, 2008 6:14 pm NST

गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति पदका लागि शनिवार भएको मतदानमा कसैको पनि बहुमत पुगेन । तर उपराष्ट्रपतिमा मधेसी जनअधिकार फोरमका परमानन्द झा विजयी हुनुभएको छ । राष्ट्रपति पदमा बहुमत नपुगेपछि भोलि साउन ६ गते सोमबार विहान ८ बजेदेखि पुनः मतदान हुने भएको छ । हिजो मतदानपछि मत परिणाम घोषणा गर्न साँझ अबेर बसेको संविधानसभाको बैठकले पुनः मतदानको समय तोकेको हो ।

संविधानसभाको अर्को बैठक पनि सोमबार दिउँसो ४ बजे बस्नेछ । कूल मतदाता पाँच सय ९४ रहे पनि पाँच सय ७८ सभासद्ले मात्र मतदान गरेका थिए । मतदानमा १६ जना सभासद् सहभागी भएनन् । बहुमत प्राप्त गर्न दुई सय ९८ मत आवश्यक पर्छ । तर मत परिणामअनुसार नेपाली कांग्रेस एमाले र फोरमको समर्थन प्राप्त राष्ट्रपतिका उम्मेद्वार डाक्टर रामवरण यादवले बहुमतका लागि १८ मत कम अर्थात् दुई सय ८३ मत मात्र प्राप्त गर्नुभएको थियो ।

त्यस्तै माओवादीको समर्थनका राष्ट्रपतिका उम्मेद्वार रामराजाप्रसाद िसंहले डाक्टर यादवको भन्दा १३ मत कम अर्थात् दुई सय ७० मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेकाले राष्ट्रपति पदका एमालेका उम्मेदवार रामपि्रत पासवानका पक्षमा एक मत पनि परेन । राष्ट्रपति पदमा २५ मत बदर भई पाँच सय ५३ मतमात्र सदर भएको थियो । उपराष्ट्रपतिमा विजयी फोरमका झाले तीन सय पाँच मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादीका शान्ता श्रेष्ठले दुई सय ४३ मत प्राप्त गर्नुभएको छ । उपराष्ट्रपति पदमा पनि २४ मत बदर र पाँच सय ५४ मत मात्र सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्यले चार र मानबहादुर बिश्वकर्माले दुई मत प्राप्त गर्नुभएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com