Welcome, Guest Log In Sign Up  

राष्ट्रपतिमा तीनजनाको नाम सिफारिस

rnby rn
Thu Jul 17, 2008 4:05 pm NST

दलहरुले सर्वसम्मतमा राष्ट्रपतिको उम्मेदवार नभेटेपछि राष्ट्रपतिमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । दलहरु बीच सहमति हुन नसकेपछि छुट्टा छुट्टै मनोनयन दर्ता गराइएको हो ।

माओवादीसहित मधेशवादी दलहरुको समर्थनमा रामराजाप्रसाद िसंहले मनोनयन दर्ता गराउनुभएको छ । यसै गरी नेकपा एमालेबाट रामपि्रत पासवान र नेपाली कांग्रेसका डाक्टर रामवरण यादवले पनि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यसै गरी उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी परेको छ । एमालेबाट अष्टलक्ष्मी शाक्य माओवादीबाट शान्ता श्रेष्ठ र कांग्रेसबाट मानबहादुर विश्वकर्माको उम्मेदवारी परेको छ । राष्ट्रपतिमा रामराजाप्रसाद िसंहलाई समर्थन जनाएका मधेसवादीदल मधेशी जनअधिकार फोरम तराई-मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले उपराष्ट्रपतिमा परमानन्द झालाई उम्मेदवार बनाएका छन् ।

उम्मेदवारहरुको अन्तिम नामावली आजै साँझ पाँचबजे प्रकाशन हुने कार्यक्रम छ । यसअघि दलहरुबीच दुईपक्षीय छलफल भए पनि सहमती हुन सकेन । नेकपा एमालले प्रस्ताव गरेको नामलाई माओवादीले अस्वीकृत गरेको थियो । दलहरुबीच राष्ट्रपतिका विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमालेको छुट्टाछुटै बैठक बसेको थियो । बैठकपछि ती दलले आ-आफ्ना उम्मेदवारी दिने निर्णय गरेका थिए । यसपछि प्रमुख नेतासहित उम्मेदवारहरु संविधानसभा सचिवालयमा उम्मेदवारी दर्ता गराउन गएका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com