Welcome, Guest Log In Sign Up  

जापान सरकारले सहयोग गर्ने

rnby rn
Thu Jul 17, 2008 4:04 pm NST

जापान सरकारले नयाँ सरकारलाई सहयोग जारी राख्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा आउनु भएका जापानी उपविदेशमन्त्री ओसानो उनोले नयाँ सरकारपछि जापानी सहयोग यथावत रहने प्रतिवद्धता जनाउनुभएको छ । जापान र नेपाल सरकारबीच आज काठमाडौंमा भएको एक सम्झौतापत्रको हस्ताक्षरपछि उहाँले नयाँ सरकारपछि पनि नेपालमा प्रजातन्त्र र दिगो शान्ति रहने आशा व्यक्त गर्नुभयो ।

यसैबीच जापान सरकार र नेपाल सरकारबीच काठमाडौंको कोटेश्वरदेखि सूर्यविनायकसम्मको सडक फराकिलो गर्ने सम्झौतापत्रमा भएको छ । यसका लागि जापान सरकारले नेपाल सरकारलाई १ अरब ७७ करोड ४७ लाख र ४० हजार अनुदान दिने भएको छ । आज अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा अर्थ सचिव रामेश्वर खनाल र मिस्जुनोबीच हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डाक्टर रामबरण यादव र जापानी उप विदेशमन्त्री पनि सहभागी हुनुहुन्थ्यो । सम्झौताअुनसार दुई लेनको सडकलाई चार लेनको बनाइने छ । यसबाट नेपालमा ट्राफिक समस्या कम हुने आशा गरिएको छ । सम्झौतापछि अर्थमन्त्री डाक्टर रामशरण महतले नेपालको आर्थिक विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com