Welcome, Guest Log In Sign Up  

आयोग के का लागि ?

rajuby raju
Wed Feb 6, 2008 2:53 pm NST

अन्तरीम संविधान र सात राजनीतिक दलबीच भएको २३ बुँदे सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका आयोग गठन गर्ने भनिएको छ । सरकारले आयोगको प्रभावकारीता अनुगमनका लागि विधेयक मस्यौदा गरी क्षेत्रीय स्तरमा परामर्श पनि शुरु गरिसकेको छ । तर आयोग गठन गर्न ढिलाई भएको र यसमा पर्याप्त गृहकार्य पनि हुन नसकेको भन्दै महिला अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरुले सरकार निस्कृय रहेको टिप्पणी गरेका छन् ।

संचारिका समूहले काठमाडौंमा आज गरेको अन्तकि्रयामा उनीहरुले सरोकारवाला र विज्ञहरुसँग परामर्श गरी आयोग गठन गरिनुपर्ने बताए । सबै आयोगमा महिलालाई सहभागी गराउन पनि उनीहरुले राजनीतिक दललाइ आग्रह गरे । आयोगमा निस्पक्षँ स्वतन्त्र र विज्ञहरुको सहभागिता हुनुपर्ने उनीहरुको सुझाव छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आयोगमा राजनीतिक प्रभाव भए पनि काम कारवाही प्रभावित हुन नहुने बताउनुभयो । नेकपा माओवादीका नेता सीपी गजुरेलले निष्पक्ष आयोग गठन प्रकि्रयामा सरकार र दल कि्रयाशील हुनुपर्ने बताउनुभयो । नेकपा एमालेका नेता योगेश भट्टराईले आयोगको संवैधानिक र राजनीतिक हैसियत स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले शान्ति तथा पुनर्निर्माण मन्त्रालयका काम कारवाहीप्रति असन्तुष्टि ब्यक्त गर्नुभयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com