Welcome, Guest Log In Sign Up  

नेपाल 1 को कार्यालय बन्द कर्मचारी आन्दोलनमा

rnby rn
Tue Jul 15, 2008 5:22 pm NST

भारतीय भूमिवाट प्रशारण भइरहेको भारतिय टेलिभिजन च्यानल नेपाल वानको नेपालस्थित कार्यालयमा कार्यरत साचारकर्मी र कर्मचारीहरुले विगतमा ब्यबस्थापन संग भएको सझौता कार्यन्वयन गर्न माग गर्दै आन्दोलनमा ओर्लिएको छ । आन्दोलनरत्ा पक्षसंग सम्बाद गर्न दिल्लीबाट आएका हकिकत काड्यानले नेपालस्थित कार्यालयमा प्रहरी लगि कार्यालय बन्द गरिदिएका छन् । तर दिल्लीबाट भने प्रशारण भएरहेको छ ।

आन्दोलनरत संचारकर्मीहरुले विगतमा भएका सहमती कार्यन्वयन गर्नुपर्ने र नेपालमा यसको कानुनी हैसियत स्पष्ट पार्नुपर्ने माग राखेका छन् । ब्यबस्थापनले कार्यालय बन्द गरेपछि आन्दोलनरत साचारकर्मी र कर्मचारीहरुले कार्यालय परिसरमा धर्ना दिएका छन् । आन्दोलनलाइ नेपाल पत्रकार महासंघले ऐक्यबद्धता जनाउँदै सम्पूर्ण श्रमजीबीको अधिकार स्थापना गर्न आन्दोलन केन्द्रित गर्नुपर्ने जनाएको छ । अधिकारका निम्ति लडिरहेका संाचारकर्मी र कर्मचारीहरुले संाचार मन्त्रालय श्रम मन्त्रालय गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । साथं बिभिन्न राजनीतिक दल बिद्यार्थी संगठनलाइ समेत जानकारी गराएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com