Welcome, Guest Log In Sign Up  

विद्रोही प्रहरी हिरासतमा

rnby rn
Tue Jul 15, 2008 1:16 pm NST

आफ्नै हाकिम बिरुद्ध सशस्त्र बिद्रोहमा उत्रिएका दंगा नियन्त्रण प्रहरी गण नेपालगन्जका १९ जना प्रहरीलाई प्रहरी ऐन २०१२ अनुसार कारवाही प्रकि्रया थालिएको छ । नेपाल प्रहरी ऐन २०१२ अनुसार यस्ता घटना भएमा सवै घटनाको जिम्मा गृह प्रशासन र नेपाल प्रहरीका महानिरीक्षकले लिनुपर्ने हुन्छ भन्ने सुरक्षा निकायमा सशस्त्र विद्रोह गर्ने गराउने गर्न उक्साउने र थाहा पाएर पनि विद्रोह रोक्न पहल नगर्नेलाई जन्मकैद सम्मको कारवाही हुन्छ । बिद्रोही प्रहरीका अगुवा प्रहरी नायब निरिक्षक धनबहादुर बिकसहित ४ जनालाई हिरासतमा राखिएको छ । बिद्रोहीका अगुवा प्रहरी नायब निरीक्षक धन बहादुर बिक र शैलेन्द्र बस्नेत तथा हबल्दारहरु बीरेन्द्र कार्की र खुसीराम चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । बिद्रोहमा उत्रेका अरु १९ जनासँग सोधपुछ भइरहेको छ । उनीहरुले गल्ती गरेको स्वीकार गर्दै कम सजाय गर्न सरकार सँग गुहार मागेका छन् । बिद्रोही प्रहरीले आइतबार राती आत्मसर्मपण गरेका हुन् । बाँकेकै शम्सेरगाजमा यसअघी बिद्रोह गरेर चर्चामा आएका शसस्त्र प्रहरी शम्सेरगाजका विवादीत १५ जनालाई पनि अनुसन्धानका लागि गिरफ्तार गरिएको छ । अधीकृतहरुसँग सम्झौता गरेर आत्मसमर्पण गरेका दंगा नियन्त्रण गणका दुई प्रहरीले भने सहमति मिचिएको भन्दै अनसन थालेका छन् ।


Post a reply

Recent News
शवको उत्खननको आज दोश्रो दिन पनि केहि भेटिएन
लुटपाट आरोपमा दुई माओवादी लडाकु पक्राउ/योजनाकार कमाण्डर
चेक बाउन्स समस्या झन् जटिल
टेलिकम प्रयोगकर्ता एक करोड नजिक
कलेज गएका विद्यार्थी नौ दिनदेखि बेपत्ता

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com