Welcome, Guest Log In Sign Up  

युथ फोर्सद्वारा भ्रष्टाचारी पक्रेर सार्वजनिक

rnby rn
Tue Jul 1, 2008 5:19 pm NST

नेकपा एमालेको भर्खरै गठन भएको भ्रातृ संगठन युथ फोर्सले श्रम तथा रोजगार प्रवर्धन विभागका एक खरिदार र अर्का एक दलाललाई विभागमा घुस लिँदालिँदै पक्राउ गरी सार्वजनिक गरेको छ । विभागले स्वर्गद्वारी अभिमुखीकरण तालिम केन्द्रको काम रोक्का गरेकोमा फुकुवा गराउन विभागमा पुगेका केन्द्रका साचालकसँग विभागका कर्मचारीले २० हजार रुपैयाँ घुस मागेका थिए । त्यसपछि संस्थाका साचालकले युथ फोस्रलाई गुहारेपछि फोस्रले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

युथ फोर्सका कार्यकर्ताले श्रम विभागका खरदार भुवनकुमार रेग्मी र दलाल दमन चन्दलाई १५ हजार रुपैयाँसहित पक्राउ गरी कुटपिट गरेका थिए । सुरुमा २० हजार मागे पनि १५ हजारमा काम गर्न राजी भएका थिए । पैसा लिनासाथ फोस्रका कार्यकर्ताले विभागका खरदार भुवनकुमार रेग्मीलाई कुटपिट गर्दै रत्नराज्य उच्च मावि अगाडिको चौतारामा ल्याएर सार्वजनिक गरेका थिए । त्यस क्रममा युथ फोर्सका कार्यकर्ता र प्रहरीबीच केहीबेर तानानान हुँदा बाटो पुरै अवरुद्व भएको थियो । फोर्सका कार्यकर्ताले भ्रष्टाचारीलाई प्रहरीले कारवाही नगरे आफै कारवाही गर्ने चेतावनी दिएका छन् । विभागका निर्देशक कृष्ण दवाडीले भ्रष्टाचार भएको प्रमाणित भए जस्तोसुकै कारवाही गर्न तयार रहेको आश्वासन दिएका छन् । घटनापछि युथ फोस्रका कार्यकर्ताले विभागका सबै स्थान अवलोकन गरी कर्मचारीलाई निगरानी गरेका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com