Welcome, Guest Log In Sign Up  

असार १२ गते उपत्यका बन्द

rnby rn
Tue Jun 24, 2008 3:47 pm NST

पेट्रोलियम पर्दाथमा भएको मूल्यवृद्वि फिर्ता गराउन दबाव दिने उद्देश्यले चार साना दलले असार १२ गते उपत्यका बन्दको घोषणा गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट पार्टी एकिकृत, तामसालिङ्ग नेपाल राष्ट्रिय दल, नेपाल कम्युनिष्ट पार्टी संयुक्त माक्स्रबादी, नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिकले संयुक्त रुपमा बन्द गर्ने घोषणा गरेका हुन् ।

बन्द आह्वानकर्ताहरुले पेट्रोलियम पर्दाथको मूल्यवृद्वि तत्काल फिर्ता लिनुपर्ने यातायातको भाडामा भइरहेको महङ्गीलाई नियन्त्रण गर्नुपर्ने चुहावट भ्रष्टाचार कालोबजारी र कमीशनतन्त्रलाई रोक्नुपर्ने माग राखेका छन् । त्यस्तै विद्युतीकरणको नीति लगाउनुपर्ने पूर्व राजाका परिवारलाई दिएको सुविधा खोस्नुपर्ने लगायतका ११ सुत्रीय मागहरु अघि सारेका छन् । बन्द आव्हानकर्ताहरुले सरकारले अनावश्यक महङ्गी बढाएर बिपन्न बर्गलाई थिचोमिचो गरेकेा आरोप लगाएका छन् । बन्द आव्हान गरेका ४ दलले सरकारले जनआन्दोलनको भावनाबिपरीत काम गरिरहेको भन्दै यस्तै कार्य जारी राखे आन्दोलन चर्का उनेचेतावनी दिएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com