Welcome, Guest Log In Sign Up  

अमेरिकामा प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

युवा कवि श्री मोतीराम भट्टको जन्म जयन्तीको शुभअवसर पारेर
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समितिको तत्वाधानमा र
अन्तर्राष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरको सक्रियतामा यहि अगष्ट
१५ तारिखका दिन अमेरिकाको न्यूयोर्क शहरको एस्टोरियामा अन्तर्राष्ट्रिय
नेपाली साहित्य सम्मेलन बिभिन्न कार्यक्रमका साथ धुमधामले सम्पन्न भयो।
यस भन्दा अगाडी कहिल्यै पनि नभएको यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलनमा
अमेरिकाको न्यूयोर्क,न्यूजर्सी,भर्जीनीया, बोष्टन, बाल्टिमोर, फ्लोरीडा,
कोलोर्‌याडो,नर्थक्यारोलिना आदी बिभिन्न स्थान वाट अनि अमेरिका बाहिर
नेपाल, सोभियतसंघ, जापान, भारत, क्यानाडाका गरी एक सय भन्दा वढि भाषा र
साहित्य प्रेमीहरुको उपस्थिति थियो। न्यूयोर्क बाहिर बाट आउनु भएका
सम्पूर्ण पाहुनाहरुलाई न्यूयोर्कका साथीहरुले आ-आफ्ना घरमा सहर्ष आतिथ्य
प्रदान गर्नु भएको थियो।
बिहान नौ वजे देखि सांझ पांच बजे सम्म रहेको उक्त सम्मेलन लाई उद्घाटन
समारोह, कार्यपत्र प्रस्तुति, विशेष काव्य गोष्ठी र अनेसास च्याप्टर
गतिविधि र यस वारेको छलफल गरी चार सत्रमा विभाजन गरिएको थियो।
प्रमुख अतिथि डा.गोविन्द राज भट्टराई र विशेष अतिथि संयुक्त राष्ट्रसंघका
लागि नेपाली राजदुत श्री मधुरमण आचार्य रहनु भएको प्रथम सत्रको
कार्यक्रमको सभापतित्व अनेसास केन्द्रीय समितिका अध्यक्ष कुमार वस्नेतले
गर्नु भएको थियो। प्रमुख अतिथिले पानसमा बत्ती बालेर युवाकबि मोतीराम
भट्टको तस्वीरमा माल्यार्पण र श्री १०८ स्वामी आत्मानन्द गिरीजीको
मंगलाचरण द्वारा आरम्भ भएको उक्त समारोहमा अनेसास न्यूयोर्क च्याप्टरका
अध्यक्ष गीता खत्रीले स्वागत संवोधन गर्नु भएको थियो भने सम्मेलनका
संयोजक र अनेसास केन्द्रीय समितिका उपाध्यक्ष भारती गौतमले कार्यक्रम
माथि संक्षिप्त प्रकाश पार्नु भएको थियो। सम्मेलनको सफलताको कामना को
लागि सम्मानिय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनु भएको शुभकामना
मन्तव्य कार्यक्रमका संचालक शिव प्रकाशले पढेर सुनाउनु भएको थियो।
त्यसैगरी राष्ट्रकवि माधव घिमिरे, सत्यमोहन जोशी, कमलमणी दिक्षित र
डा.माधव पोख्रेल र अनेसास केन्द्रिय समितिका भूतपूर्व अध्यक्ष मोहन
सिटौलाका शुभकामना संदेशहरु पनि कार्यक्रममा पढिएको थियो।संयुक्त
राष्ट्रसंघका लागि नेपाली राजदूत श्री मधुरमण आचार्य, अनेसास वोर्ड अफ
ट्रस्टीका अध्यक्ष होमनाथ सुवेदीज्यूका मन्तव्य पश्चात स्वामी आनन्द
विनोद द्वारा लिखित “द अवेकनिङ “ को प्रमुख अतिथि डा. गोविन्द राज
भट्टराईज्यूले र शेखर ढुंगेल द्वारा लिखित “शेखरका सय कविता” नामक
पुस्तकको संयुक्त राष्ट्रसंघकालागि नेपाली राजदूत महामहिम मधुरमण
आचार्यज्यूले विमोचन गर्नु भएको थियो।
नेपाली डायस्पोराका नेपाली भाषाका साहित्यकार र कृतिमा गरिएको
अनुसन्धानका लागि गैर आवासिय नेपाली(एन आर एन) द्वारा प्रदान गरिने
खेमलाल हरिकला लामिछाने पुरस्कार डा.गोविन्दराज भट्टराई ज्यूलाई प्रदान
गरिएको थियो भने नेपाली डायस्पोरामा गरेको साहित्य सिर्जनाको सर्वोत्तम
योगदानका लागि एन आर एन बाट नै प्रदान गरिने नृपध्वज कार्की नेपाली
साहित्य पुरस्कार रुसमा रहेर नेपाली साहित्यको सेवामा कटिवद्द श्री कृष्ण
प्रकाश श्रेष्ठज्यूलाई प्रदान गरिएको थियो। त्यसैगरी कार्यक्रममा
त्रिविवि नेपाली भाषा विभाग लाई डायस्पोरा नेपाली साहित्य अनुसन्धान तथा
अध्ययनका लागि एन आर एनले प्रदान गरिने फूल कुमारी महतो स्मृति पुरस्कार
प्रदान गरिएको थियो भने श्री होमनाथ सुवेदीज्यूलाई अस्वीकृत विचार
साहित्य सम्मान पत्र र अनेसास रमाकान्त अधिकारी गण्डकी अञ्चल उत्कृष्ट
पुस्तक पुरस्कार “अन्तिम घुड्को” कथा संग्रहका लागि श्री नगेन्द्र
न्यौपाने ज्यूलाई प्रदान गरिएको थियो। अनेसास केन्द्रिय समितिका
कोषाध्यक्ष कमला प्रसाईले दिनु भएको धन्यवाद ज्ञापन अनि कार्यक्रमका
सभापति डा. कुमार वस्नेतको मन्तव्य पछि सम्मेलनको प्रथम सत्र सकिएको
थियो।
सुमनराज तिंसिनाले संचालन गर्नु भएको कार्यपत्र प्रस्तुती को दोस्रो
सत्रको सभापतित्व प्रमुख अतिथि डा.गोविन्द राज भट्टराईले गर्नु भएको
थियो। “नेपाल वाहिर नेपाली भाषाको महत्व, आवश्यकता र यसका संभाव्य
पूर्वाधारहरु “ प्रस्तुत कर्ता श्री वसन्त श्रेष्ठ (अमेरिका)को
कार्यपत्रको शीर्षक थियो भने “असमको नेपाली जनजीवन निर्माणमा
समाज,साहित्य र राजनीतिको भूमिका” शीर्षकमा प्रा. जयनारायण
लुईटेल(असम,भारत) ले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी
युरोपीय डायस्पोरामा नेपाली भाषा र साहित्य विषयमा श्री कृष्ण प्रकाश
श्रेष्ठ (मास्को, रुस) ले पनि आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
प्रा.घनश्याम कडेल(नेपाल)ले नेपाली समालोचनाको विकास परम्परा शीर्षकमा
आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दोस्रो सत्रको कार्यक्रमका
सभापति डा.गोविन्दराज भट्टराईले उक्त संपूर्ण कार्यपत्र वारे संक्षिप्त
समीक्षा का साथ सत्रको समापन गर्नु भएको थियो।
सम्मेलनको तेस्रो सत्र मा संपन्न विषेश काव्य गोष्ठीको संचालन निलम
कार्की निहारिकाले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व डा.शिव
गौतमले गर्नु भएको थियो। कवि गोवर्धन पूजा कार्यक्रमका आमन्त्रित अतिथि
हुनु हुन्थ्यो। कार्यक्रममा स्थापित र नवोदितगरी झन्डै तीस जना कवि
कवयत्रीहरुले आ-आफ्ना कविता , गीत र गजलहरु सुनाउनु भएको थियो। काव्य
गोष्ठिको अन्त्यमा आमन्त्रित अतिथि गोवर्धन पूजा र कार्यक्रमका सभापति
डा.शिव गौतमले आ-आफ्ना कविता र मन्तव्य व्यक्त गर्नु भएको थियो।
सम्मेलनको अन्तिम तथा चौथो सत्रमा अनेसासका बिभिन्न च्याप्टरका
अध्यक्षहरुले आ-आफ्ना च्यापटरका गतिबिधि बारे प्रकाश पार्नु भएको थियो।
अनेसास केन्द्रिय समितिका भूतपूर्व अध्यक्ष श्री पुरु सुवेदीले संचालन
गर्नु भएको उक्त सत्रको अध्यक्षता अनेसास कोलोर्‌याडो च्यापटरका अध्यक्ष
श्री ज्ञानेन्द्र गदालले गर्नु भएको थियो। उक्त कार्यक्रममा सहभागी
च्याप्टर अध्यक्षहरु मा बिमल नेपाल(फ्लोरिडा), नगेन्द्र न्यौपाने(नर्थ
क्यारोलिना), ज्ञानेन्द्र गदाल(कोलोर्‌याडो), शरद निरौला( वाशिङटन डीसी),
एच वी भन्डारी(वाल्टिमोर),गीता खत्री(न्यूयोर्क), अनन्त रिसाल(न्यूजर्सी)
र भारती गौतम(वोस्टन ) हुनु हुन्थ्यो। च्यापटरका अध्यक्षहरुले सम्वन्धित
च्यापटरहरुले गरिसकेका कार्यहरु र आगामी योजनाहरु वारे चर्चा गर्नु भएको
थियो।
सम्मेलनका संयोजक भारती गौतमले सम्मेलन सफल बनाउन प्रत्यक्ष र
परोक्षरुपले सहयोग पुर्‌याउने सवैजनालाई धन्यबाद ज्ञापन गर्नु भएको थियो।
साथै उहांले यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलनको हरेक दुई दुई वर्षमा
अनेसासले आयोजना गर्ने र त्यस योजनालाई कार्यन्वित गर्न च्यापटरहरु लाई
केन्द्रले प्रोत्साहन गर्ने कटिवद्दता पनि व्यक्त गर्नु भयो।
ऐतिहासिक महत्वको उक्त सम्मेलनमा सहभागी हुनु हुनेहरुमा प्रा.घनश्याम
कडेल, शिव प्रसाद सत्याल ‘पीठ’, ईल्या भट्टराई, वसुन्धरा भुसाल,हरि
बहादुर थापा,सीता पाण्डे, गोविन्द गिरि प्रेरणा, हेमन्त श्रेष्ट, गोविन्द
रावत(क्यानाडा), समेत हुनुहुन्थ्यो।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com