Welcome, Guest Log In Sign Up  

२०६३ सालको एसएलसीमा विद्यार्थी संख्या शून्य ?

subhashby subhash
Mon Jun 23, 2008 2:13 am NST

विसं २०६४ सालको एसएलसी परिक्षाको परिक्षाफल हालै प्रकाशित भएको छ । यहाँ प्रसंग भने २०६३ सालको एसएलसीको हो । के २०६३ सालको एसएलसीमा सम्मिलित विद्यार्थी संख्या शून्य थियो ? के गत वर्ष एसएलसीमा विशिष्ट श्रेणी लगायत अन्य श्रेणीहरुमा उतिर्ण संख्या सबै शून्य नै थिए ?

यहाँ हेर्नुहोस नेपाल सरकार शिक्षा तथा खेलकूद मन्त्रालयको वेबसाइटको दुर्दशा । २०६४ सालको एसएलसी परिक्षाको विवरण पनि यस मन्त्रालयको वेबसाइटमा 'चाँडै' नै प्रकाशन हुन्छ होला । यस वेबसाइटमा २०६३ सालको एसएलसी परिक्षा विवरणको पेजमा गइ हेर्नु भयो भने तपाइँले देख्नु हुनेछ यस सालको परिक्षामा सम्मिलित विद्यार्थी संख्यादेखि उतिर्ण विद्यार्थी संख्या सबै नै शून्य राखिएको छ । यो पेज हेर्न यहाँ क्लिक गर्नुहोस ।

शिक्षा तथा खेलकुद मन्त्रालय जस्तो जिम्मेवार निकायको आधिकारिक वेबसाइटमा नै यस्तो लापरवाही हुनु लज्जास्पद कुरा भएन र ?


Post a reply

Related Stories
ओझेलमा परिन सिल्भीया
नेपाली मुन्नाभाई एमबिबिएस
एसएलसी नतिजा सार्वजनिक
एसएलसी शुरु
एसएलसी चैत ४ देखि : तयारी पूरा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com