Welcome, Guest Log In Sign Up  

राष्ट्रपतिमा एमालेको शंभावना बढ्दो

rajendraby rajendra
Thu Jun 19, 2008 11:25 am NST

राजनैतिक गतिरोधका लागि शीर्ष दलहरुको छलफल हुँदै गर्दा राष्ट्रपतिमा एमालेको शंभावना बढेको छ । प्राप्त जानकारी अनुसार नेकपा एमालेले आफ्ना पूर्व महासचिव माधवकुमार नेपाललाइ राष्ट्रपति बनाउन प्रस्ताव गरेको छ भने माओवादीले सहाना प्रधानलाइ राष्ट्रपति बनाउने प्रस्ताव गरेको छ ।

तीन दल मध्ये नेकपा माओवादी र नेकपा एमालेले कुनै पनि अवस्थामा प्रम एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिने अडान लिएका छन् । यही बीच हिजो एमालेले आफ्ना पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव नेकपा माओवादी समक्ष राखेको र यस विषयमा माओवादी लचकताका साथ प्रस्तुत भएको बताइएको छ ।

शक्ति बाँडफाँड विषयमा अहिले तीन प्रमुख दलहरुको बैठक भइरहेको छ । आजको बैठकले राष्ट्रपति सम्बन्धमा केही ठोस निर्णय हुने आशा गरिएको छ । आजै प्रमुख सात दलहरुको पनि बैठक बस्दैछ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com