Welcome, Guest Log In Sign Up  

देशभर स्थानिय निकाय बन्द

dineshby dinesh
Thu Jun 19, 2008 10:18 am NST

वन तथा भू संरक्षण मन्त्री मातृकाप्रसाद यादवले स्थानिय विकास अधिकारीलाई शौचालयमा थुनी दुर्व्यवहार गरेको भन्दै स्थानिय निकाय कर्मचारी संघको आव्हानमा आज देशभरका स्थानिय निकाय बन्द गरिएका छन् । वनमन्त्री यादवले सार्वजनिकरुपमा माफि माग्नु पर्ने तिनीहरुको भनाई रहेको छ ।

घटना अनुसार ललितपुरको एक सामुदायिक वनमा अवैध रुपमा ढुंगाखानी संचालन भइरहेको सम्बन्धमा वनमन्त्री यादवले सोधपुछका लागि स्थानीय विकास अधिकारी लगायतका कर्मचारीहरुलाई बोलाएका थिए । सो ढुंगाखानी बन्दका लागि मन्त्री यादवले स्थानीय विकास कर्मचारीलाई निर्देशन दिएका थिए । यही विषयमा कुरा नमिली भनाभन भएपछि मन्त्री यादवले सो कर्मचारीलाई शौचायलमा थुनेका थिए ।

ललितपुर बन्दको आव्हान
उल्लेखित घटनाका दोषी देखिएका एक स्थानीय वासिन्दालाई वनमन्त्रीको निर्देशनमा पक्राउ गरेको भन्दै आज ललितपुरका स्थानिय वासिन्दाहरुले आज ललितपुर बन्दको आव्हान गरेका छन् । बन्दका कारण ललितपुरमा सार्वजनिक सवारी साधनहरु चल्न सकेका छैनन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com