Welcome, Guest Log In Sign Up  

राजनैतिक गतिरोध कायमै

dineshby dinesh
Wed Jun 18, 2008 7:50 pm NST

माओवादी सेनाको समायोजन विषयमा सहमति जुट्न नसकेपछि प्रमुख तीन दलको बैठक विना निश्कर्ष टुङि्गएको छ । माओवादीले आफ्नो सेना नेपाली सेनामा सामूहिक समायोजन गर्ने माग गरेको छ भने अन्य दुई दल योग्यताको आधारमा मात्र सुरक्षा निकायमा प्रवेश गराइनु पर्ने अडानमा रहेका छन्।

आजको बैठकमा कार्यदलले तयार पारेको मस्यौदामा केही सहमति भएको जनाइएको छ । यस अन्तर्गत माओवादी भातृसंगठन वाइसिएलको अर्धसैनिक संरचना १५ दिनभित्र परिपार्जन गर्ने र सामान्य बहुमतबाट सरकार परिवर्तन गर्ने विषयमा तीन दल सहमत भएका छन् ।

आजको बैठकले राष्ट्रपति पदबारे भने केही सहमति बन्न सकेन । यही महत्वपूर्ण निर्णयको अभावले पनि राजनैतिक गतिरोध कायमै रहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com