Welcome, Guest Log In Sign Up  

ललितपुरमा गोली प्रहार

rnby rn
Tue Jun 17, 2008 3:09 pm NST

हतियारधारी समूहले ललितपुरको लगनखेलस्थित प्रयाग पोखरीमा दुई जना प्रहरीमाथि गोली प्रहार गरेको छ । गोली लागि महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी नायव निरीक्षक प्रेमबहादुर रेग्मी र प्रहरी हवल्दार पार्वती उपाध्याय घाइते भएका छन् । रेग्मीको छाती र उपाध्यायको पाखुरामा गोली लागेको छ । रेग्मीको पाटन अस्पतालमा उपचार भइरहेको छ भने घाइते उपाध्याय सामान्य उपचारपछि घर फर्केका छन् ।

पाँच जना युवाबीच झगडा हुँदा पुगेका प्रहरीलाइ गोली प्रहार गरिएको थियो । गोली प्रहार गर्नेमध्येका दिनेश थापालाई प्रहरीले पक्राउ गरेको छ भने अरु चार जना अभियुक्त फरार रहेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com