Welcome, Guest Log In Sign Up  

प्रम कोइरालाले बेलायती राजदूत भेटे

rajuby raju
Wed Feb 6, 2008 1:05 pm NST

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपालका लागि बेलायती राजदूत एन्ड्रू हलबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालका शान्ति प्रकि्रयाका विषयमा कुराकानी भएको थियो ।

भेटघाटको क्रममा प्रधानमन्त्री कोइरालाले तराईमा जारी िहंसाको अन्त्यका लागि आन्दोलनरत समूहसँग वार्ताको प्रयत्न भइरहेको र संविधानसभा चुनाव कुनै पनि हालतमा नसार्ने बताउनुभएको थियो । भेटमा राजदूत हलले बेलायत नेपालमा संबिधानसभा चुनावपछि शान्ति स्थापनाको पक्षमा रहेको बताउनुभएकॊ प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com