Welcome, Guest Log In Sign Up  

सहमति नमिले सरकारबाट माओवादी बाहिरिने

rajendraby rajendra
Tue Jun 17, 2008 10:42 am NST

दलहरुबीच सहमति नमिले आफूहरु भोलि नै सरकारबाट बाहिरिने नेकपा माओवादी सचिवालय बैठकले निर्णय गरेको छ । अहिले बिहान माओवादी अध्यक्ष प्रचण्ड निवासमा सम्पन्न बैठकले यो निर्णय गरेको हो ।

बैठकले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई नेपालको पहिलो राष्ट्रपतिका रुपमा चयन गर्ने अडान लिएको छ । नेपाली कांग्रेसबाट प्रस्तावित गिरिजाप्रसाद कोइराला र एमालेका माधवकुमार नेपाल दुबैलाई कुनै पनि हालतमा राष्ट्रपति स्वीकार नगर्ने बताइएको छ ।

उता हिजो बसेको तीन दलको बैठक विना निश्कर्ष टुङि्गएपछि वर्तमान राजनैतिक गतिरोध अन्त्यका लागि आज दिउँसो १:३० बजे प्रम निवास बालुवाटारमा पुनः बैठक बस्दैछ ।


Post a reply

Related Stories
बालुवाटारमा तीन दलको बैठक

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com