Welcome, Guest Log In Sign Up  

यातायातमा नयाँ भाडादर कायम

dineshby dinesh
Tue Jun 17, 2008 10:00 am NST

श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा हिजो राति अबेरसम्म बसेको नेपाल सरकार र यातायात व्यवसायी प्रतिनीधिबीचको बैठकले नयाँ यातायात भाडादर कायम गरिएको छ । निर्णय अनुसार २५ देखि ३६ प्रतिशतसम्म भाडा बढाइएको छ ।

सहमत भाडादर अनुसार लामो दूरीमा प्रति किलोमिटर १ रुपैयाँ ४२ पैसा, लोकल सवारी साधनमा पहिलो ५ किलोमिटरको १२ रुपैयाँ र त्यसपछिको प्रत्येक किलोमिटरको २ रुपैयाँ ५५ पैसा, ट्याक्सीमा सुरु मिटरमा ११ रुपैयाँ र प्रत्येक किलोमिटर ४ रुपैयाँ ६० पैसा कायम भएको छ । पहाडी क्षेत्रमा भने यसअघि व्यवसायीले गरेको वृद्धिलाई नै कायम राख्ने सहमति भएको छ ।

ग्याँसबाट चल्ने सवारी साधनमा १ रुपैयाँ ७५ पैसा वृद्धि गरेर ९ रुपैयाँ लिदै आएको स्थानमा ११ रुपैया लिने सहमति बनको छ भने विमानस्थलका लागि सुरुको ५ किलोमिटरमा ३ सय र प्रतिकिलोमिटर ८० रुपैयाँ तोक्ने सहमति बनेको छ ।

यी सम्पूर्ण भाडादर भोलि वुधवारदेखि लागू हुने जनाइएको छ ।


Post a reply

Related Stories
यातायातमा नयाँ भाडादर कायम
बन्द फिर्ता : भोलिदेखि यातायात चल्ने
वागमती अञ्चलमा अनिश्चितकालिन यातायात बन्द
यातायात भाडावृद्धि तत्कालका लागि लागू नहुने
तेलको मूल्यवृद्धिसँग जोडिएका सवालहरु
यातायात भाडामा चर्को वृद्धि
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com