Welcome, Guest Log In Sign Up  

चुनावका लागि पौने तीन अर्वको बजेट

rajuby raju
Fri Feb 1, 2008 4:00 pm NST

निर्वाचन आयोगले चैत २८ गते चुनाव सम्पन्न गराउन २ अर्व ७३ करोड ४० लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलले नेपालस्थित दातृ निकायका प्रतिनिधिसँग गरेको छलफलमा चुनावी बजेट सार्वजनिक गरेको हो ।

आयोगले चुनावका लागि गरेको तयारीका वारेमा पनि दातृ निकायका प्रतिनिधिहरुलाई जानकारी गराईएको थियो । दातृराष्ट्रका प्रतिनिधिहरुलाई चैत २८ गते चुनाव हुनेमा शंका नर्गन पनि प्रमुख आयुक्त पोख्रेलले आश्वस्त पार्नुभएको छ । निर्वाचन आयोगले चुनाका लागि सबै तयारी पूरा गरिसकेको बताउँदै प्रमुख निर्वाच्ान आयुक्त पोखरेलले दातृराष्ट्रका प्रतिनिधिहरुलाई चुनावी सहयोग मँग्न भने नवोलाइएको स्पष्ट पार्नुभयो । तराइ समस्या समाधानको लागि सबै राजनीतिक दल प्रतिवद्ध भएर लाग्नु पर्ने प्रमुख आयुक्त पोखरेलको भनाइ छ । संयुक्त राष्ट्रसंघीय मिसन अनमिन प्रमुख इयान मार्टिनले नेपालको शान्ति प्रकि्रयामा सहयोग गर्न सबै दातृराष्ट्र इच्छुक भएको बताउनु भयो । दिगो शान्तिको लागि चुनाव बाहेक अर्को बिकल्प नरहेको बताउँदै चैत २८ मा चुनाव हुनेमा अन्तरराष्ट्रिय समुदाय बिश्वस्त रहेको जानकारी पनि मार्टिनले दिनुभयो ।

निर्वाचन अयोगले चुनावको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सुरक्षाकर्मी बाहेकका चुनावी कार्यक्रमका लागि २ लाख ४० हजार कर्मचारी र स्वयंसेवक खटिने भएका छन् । प्राप्त जानकारी अनुसार १७ वटा ग्रामीण क्षेत्रका जिल्लामा हेलिकेप्टर प्रयोग गरिनेछ । चुनावको नेपालका एक सय ४८ संघ संस्थाले अनुगमन गर्ने बताइएको छ । कार्टर सेन्टर लगायत अन्य बिदेशी संघसस्थाले पनि चुनावको अनुगमन गर्न पाउने आयोगले जानकारी दिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com