Welcome, Guest Log In Sign Up  

कांग्रेस समक्ष अवधारणा र मागपत्र

नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको एक प्रतिनिधि मण्डलले आज सत्तारुढ नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठलाई भेटी नेवाः स्वायत्त राज्य सम्बन्धी अवधारणा र मागपत्र प्रस्तुत गर् यो ।

प्रतिनिधिमण्डलका तर्फबाट संघर्ष समितिका सचिव तथा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले मागपत्र प्रस्तुत गर्दै संघीय नेपालभित्र आफ्नो ऐतिहासिक नेपाल मण्डल भूमिमा अग्राधिकारसहितको नेवाः राज्यको माग नेवार जनताको रहेको हुँदा त्यसमाथि नेपाली कांग्रेसले पनि सम्बोधन गरी संविधानमा समावेश गर्नका लागि पहल गर्नुपर्ने कुरा उठाउनु भयो ।

प्रतिनिधि मण्डलमा रहनुभएका संघर्ष समितिका सल्लाहकार मल्ल के। सुन्दरले नेपाली कांग्रेसले नेवारहरुको मागका सम्बन्धमा आफ्नो विचार र प्रतिकि्रया जनाउनु पर्ने तथ्य औंल्याउँदै बेवास्ता भएमा स्थितिले गम्भीर रुप लिनसक्ने तथ्य औंल्याउनु भयो ।

माग पत्र र अवधारणा पत्र बुझिलिनु हुने कांग्रेस उपसभापति गोपालमान श्रेष्ठले आफूले पनि यस सम्बन्धमा अध्ययन गर्ने र छलफलका लागि उक्त मागपत्र र अवधारणा प्रस्तुत गर्ने कुरा बताउनु भयो ।

प्रतिनिधि मण्डलमा संघर्ष समितिका नौ वटै घटकका प्रतिनिधिहरुका साथै नेपाली कांग्रेसका नेताहरु सभासद् तीर्थराम डंगोल र भीमसेन दास प्रधानको पनि उपस्थिति रहेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com