Welcome, Guest Log In Sign Up  

यातायात भाडावृद्धि तत्कालका लागि लागू नहुने

rnby rn
Thu Jun 12, 2008 2:51 pm NST

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले गरेको भाडावृद्धि तत्कालका लागि लागू नहुने भएको छ । हिजो यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सहमति अनुसार केहि दिनमै सरकारले व्यवसायीहरुको राय अनुसार नयां भाडा तोक्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक खगेन्द्रमणि पोखरेल शाखा अधिकृत जीवन सेढाईं र महासंघका वरिष्ठ उपाध्यक्ष ददिराम खरेल र उप-महासचिव डोलराज खनालबीच वार्ता भएको थियो । भाडा समायोजनका विषयमा सहमति नभएपनि छिट्टै अर्को बैठक बस्ने गरी वार्ता टुंगिएको छ । छलफलमा विभागले भाडा बढाउने व्यवसायीको निर्णयमा असहमति जनाएको थियो । तर व्यवसायीले घाटामा सेवा दिन नसक्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो । महासंघले हिजोबाटै लागू हुनेगरि भाडा बढाएपछि सरकारले यातायात व्यवसायीलाई हिजै वार्तामा बोलाएर नयां भाडा दर लागु नगर्न भनेको हो ।


Post a reply

Related Stories
यातायातमा नयाँ भाडादर कायम
बन्द फिर्ता : भोलिदेखि यातायात चल्ने
वागमती अञ्चलमा अनिश्चितकालिन यातायात बन्द
तेलको मूल्यवृद्धिसँग जोडिएका सवालहरु
यातायात भाडामा चर्को वृद्धि
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com