Welcome, Guest Log In Sign Up  

माथिल्लो कर्णाली आयोजना बन्न नदिने चेतावनी

rnby rn
Thu Jun 12, 2008 2:50 pm NST

माथिल्लो कर्णाली आयोजनाबारे स्थानीय बासिन्दासँग सल्लाह नै नगरी भारतीय कम्पनीलाई संचालनको अनुमति दिएको भन्दै स्थानीय वासिन्दाले आयोजना बन्नै नदिने चेतावनी दिएका छन् । स्थानीय बासिन्दाले सल्लाह नगरी विदेशी कम्पनीलाई आयोजना दिनुले आफ्नो अपमान भएको बताएका छन् ।

उनीहरुले सरकारको यो कदमलाइ राष्ट्रघाती भनेका छन् । सरकारको निर्णयविरुद्ध संघर्ष गर्न उनीहरुले समिति पनि गठन गरेका छन् । माथिल्लो कर्णाली आयोजनाबाट ३ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने लक्ष्य लिइएको छ । आयोजना सफल पार्न ४८ करोड अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । आयोजनाको लागि दैलेखको लयाटिविन्दासैनीको रामागाडमा बाँध निर्माण गरिसकिएको छ । यो आयोजना सफल भएमा विद्युति आपूर्ति सहज हुने विश्वास गरिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com