Welcome, Guest Log In Sign Up  

तीन दिनभित्र नयाँ सरकार गठन गर्ने सहमति

rajendraby rajendra
Thu Jun 12, 2008 12:11 pm NST

नेपाली कांग्रेसका सभापति प्रम गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भएको छलफलबाट तीन दिन भित्र नयाँ सरकार गठन गर्ने सहमति बनेको छ । वर्तमान राजनैतिक अवस्थालाई निकास दिने उद्देश्यले कोइराला र प्रचण्डबीच अहिले बिहान प्रम निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

कोइराला र प्रचण्डबीचको भेट संविधान संशोधन, राष्ट्रपति चयन, शक्ति बांडफांडलगायतका विषयमा केन्द्रित थियो । दुइ नेताबीच शान्ति प्रक्रियालाई गन्तव्यमा पुर्‍याउने, सेना समायोजन लगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र माओवादी नेता डा बाबुराम भट्टराइ पनि सहभागी रहेका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com