Welcome, Guest Log In Sign Up  

खोलियो - एउटा बन्द खाम

शिवप्रकाश

नखोलेरै रखिएको एउटा बन्द खाम थियो
भित्र केके थियो कुन्नी बाहिर मेरै नाम थियो ।


ललिजन रावलले चालिसको दशकमै लेखेका यी गजल सेर अहिले पनि सबैका ओठ ओठमा झुण्डिएका छन् । समयमै सचेत भई नेपाली गजल विधालाई पुनर्जागरण दिने ललिजन रावलको उत्कृष्ट गजलहरुको साचयन 'एउटा बन्द खाम' आज काठमाण्डौमा विमोचन गरियो ।

विवेकसिर्जनशील प्रकाशनबाट प्रकाशित तथा अनाम मण्डलीबाट आयोजित सो अनुष्ठानमा गजलकार रवि प्रााजलले कृति विमोचन गर्दै नेपाली गजलले आजको लोकपि्रयता हासिल गर्नुमा गजलकार रावलको ठूलो योगदान रहेको चर्चा गर्नु भयो । कृतिकार रावलले आफूले गजल यात्रा शुरु गर्दाको त्यो खडेरी र अहिलको बाढीबीच धेरै भिन्नता भेटेको बताउँदै अबका गजलकारहरु अझ सचेत भई यो विधालाई हाँकेर लैजानु पर्छ भन्नु भयो ।

विमोचित कृति र कृतिकार रावलको बारेमा श्रष्टाहरु राजेन्द्र थापा रमेश पौडेल देवी नेपाल प्रभाती किरण घनेन्द्र ओझा आदिले बोल्नु भएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com