Welcome, Guest Log In Sign Up  

यातायात व्यवसायीले यातायात ठप्प पार्ने चेतावनी

rajuby raju
Fri Feb 1, 2008 12:34 pm NST

आयल निगमले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै यातायात व्यवसायीले यातायात ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वाग्मती अंचल समितिले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरी वन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।

सम्मेलनमा व्यवसायीले आगामी १८ र १९ गते प्रचारप्रसार गर्ने तथा २० गतेदेखि वाग्मती अंचलमा अनिश्चितकालका लागि यातायात वन्द गर्ने जनाएको छ । व्यवसायीहरुले सातदलको लोकतान्त्रिक सरकारलाई अन्धोको संज्ञा दिए । उनीहरुले उपभोक्ताप्रति संवेदनशील रहँदा रहँदै वाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । व्यवसायीले वित्तीय संस्थाको कर्जा समेत बुझाउन नसकेकाले आन्दोलनमा उत्रिनु परेको गुनासो गरेका छन् । व्यवसायीहरुले पेट्रोलीयम पदार्थको सहज विकि्रवितरण गुणस्तर परिक्षणका लागि वैज्ञानिक प्रणलीको व्यवस्था तथा विगतमा भएका संझौता कार्यान्वयन लगायत ७ बुँदे माग सरकारसमक्ष राखेका छन् ।


Post a reply

Recent News
बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
एक व्यक्ति मृत अवस्थामा फेला
शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com