Welcome, Guest Log In Sign Up  

ज्ञानेन्द्रको वहिर्गमन आज

dineshby dinesh
Tue Jun 10, 2008 9:34 am NST

नारायणहिटी दरवार छाड्ने पन्ध्र दिनको म्याद सकिन एकदिन बाँकी रहँदा आज पूर्व राजा ज्ञानेन्द्रले अन्ततः दरवार छाड्ने भएका छन् । यस अघि हिजो गृहमन्त्री कृष्णप्रसाद सिटौला र संचारमन्त्री कृष्णबहादुर महरासहितको टोलीले नागार्जुन दरवारको अध्ययन भ्रमण गरेका थिए भने आज बिहानै सुरक्षा अधिकारीको टोलीले नार्गाजुन दरवारको सुरक्षास्थिति अवलोकन गरीसकेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले आजै श्रीपेच र राजदण्ड पनि बुझाउने भएका छन् । उता दरवारका कर्मचारीहरुले भने हिजो पूर्वराजा समक्ष आफूले पाइ आएका मोबाइल फोनको सिम कार्ड बुझाएका छन् । दरवारका कर्मचारीहरुलाई पूर्व राजा ज्ञानेन्द्र आफैले मोबाइलको सिम कार्ड दिएका थिए ।

(तश्विर - हिजो नागार्जुन दरवारको भ्रमणपछि संचारकरमीसँग कुराकानी गर्दै मन्त्री मन्त्रीतद्बय सिटैाला र महरा)


Post a reply

Related Stories
ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडे
नारायणहिटीमा ज्ञानेन्द्रको पत्रकार सम्मेलन
रत्न र सरलालाई नारायणहिटीमै बस्न दिने
नारायणहिटी दरवारका बारेमा केही कुरा
पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार
तेस्रो साइतमा मात्र सर्ने भए ज्ञानेन्द्र
ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने शंभावना

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com