Welcome, Guest Log In Sign Up  

निर्वाचनबाट राष्ट्रपति चयन हुने

rajendraby rajendra
Sun Jun 8, 2008 1:42 pm NST

राष्ट्रपति चयन सर्वसम्मतबाट हुन नसके संविधानसभाभित्रको मतदानबाट राष्ट्रपति चयन गर्ने सहमति राजनैतिक पार्टीहरुले गरेका छन् । आज बिहान बसेको प्रमुख तीन दलको बैठकले यो निर्णय गरेको हो ।

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिका लागि गिरिजाप्रसाद कोइरालाको नाम प्रस्ताव गरिएकोमा नेकपा माओवादी र नेकपा एमाले दुबै दलहरुले यसलाई अस्वीकार गरेका थिए । यदि कोइरालालाई नै राष्ट्रपति बनाउनु पर्छ भनी कांग्रेसले अडान लिएमा मतदानबाट नै राष्ट्रपति चयन हुने निश्चित छ , नेकपा माओवादीका एक नेताले भने । उता नेकपा एमालेका महासचिव झलनाथ खनालले राष्ट्रपतिको चयन निर्वाचन बाट नै हुनुपर्ने र टिके राष्ट्रपतिलाई आफूले स्वीकार नगर्ने कुरा बताउँदै आएका छन् ।

राष्ट्रपतिको दावी परित्याग गरेका कारण राष्ट्रपतिको लागि मतदान प्रक्रिया भएमा नेकपा माओवादीले आफ्नो पार्टीभित्रकालाई उम्मेदवार नबनाउने भएको छ । यसका लागि गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनाउने तयारी पार्टीभित्र भइरहेको बताइएको छ ।

यसअघि माओवादीले दाबी गर्दै आएको राष्ट्रपतिको अडान छाडेकोमा केही केन्द्रीय सदस्यहरुले भने आलोचना गरेका छन् । संविधान संशोधन गरी साधारण बहुमतबाट सरकार बनाउने र हटाउने प्रावधानलाई स्वीकार गर्न नहुने मत उनीहरुको रहेको छ ।


Post a reply

Related Stories
कोइरालालाई राष्ट्रपतिको जिम्मेवारी दिन नहुने प्रचण्डको भनाई
प्रम र राष्ट्रपति मध्ये एक पद मधेसीलाई दिनुपर्ने
नागरिक समाजबाट राष्ट्रपति राख्ने माओवादीको प्रस्ताव

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com