Welcome, Guest Log In Sign Up  

रत्न र सरलालाई नारायणहिटीमै बस्न दिने

rajendraby rajendra
Sun Jun 8, 2008 9:31 pm NST

आज साँझ बसेको मन्त्रीपरिषदको बैठकले पूर्व राजा ज्ञानेन्द्रकी आमा रत्न र हजुरआमा सरलालाई उनीहरु बस्दै आएका नारायणहिटी दरबारमै हालका लागि बस्न दिने निर्णय गरेको छ। हाल रत्न महेन्द्र मञ्जिलमा बस्दै आएकी छिन् भने सरला नारयणहिटीकै अर्को भवनमा बस्दै आएकी छिन् ।

रत्न र सरलाले आफूहरु बस्दै आएको स्थान नछाड्ने भन्दै बारम्बार आग्रह गरेपछि सरकारले पुनः विचार गरेको बताइएको छ ।

सरकारको यस निर्णयप्रति भने स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आपत्ति जनाएका छन् । माओवादी मन्त्रीहरुले पूर्व राजा र परिवारलाई सुरक्षाका लागि सेना पनि दिने सरकारी निर्णयको समेत उनले विरोध गरेका छन् ।


Post a reply

Related Stories
ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडे
नारायणहिटीमा ज्ञानेन्द्रको पत्रकार सम्मेलन
ज्ञानेन्द्रको वहिर्गमन आज
पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार
नारायणहिटी दरवारका बारेमा केही कुरा
तेस्रो साइतमा मात्र सर्ने भए ज्ञानेन्द्र
ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने शंभावना

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com