Welcome, Guest Log In Sign Up  

फेवातालमा जुलकुम्भी फाल्ने अभियान

rnby rn
Sat Jun 7, 2008 6:11 pm NST

फेवातालमा बढिरहेको जलकुम्भी झार फाल्न सुरु गरिएको छ । यसवर्ष तालको सिरान खपौदी फाँटबाट जलकुम्भी फाल्न सुरु गरिएको हो । जनपथ सशस्त्र प्रहरी र नेपाली सेनाका झण्डै २५० जनशक्ति जलकुम्भी फाल्न खटिएका छन् । फेवा डुङ्गा समिति, फेवा मत्स्य व्यवसायी समिति र फेवा वातावरण सुधार समिति पनि झार फाल्न जुटेका छन् ।

पोखरा उपमहानगरपालिकाको अगुवाईमा सुरु भएको अभियानमा वातावरण मन्त्रालयले चार लाख ५० हजार रुपैंया दिएको छ । तालको ५८ हजार ४ सय वर्गमिटरमा फैलिएको जलकुम्भी फाल्न चार लाख ९३ हजार लाग्ने अनुमान गरिएको छ । मुख्य गरी खहरे गैह्राको चौतारो सेदीको फाँट सेदी खोला खपौदी पुरानो खोलाको मुख लगायतका क्षेत्रमा जलकुम्भी फैलिएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षणका रुपमा रहेको फेवाताललाई जलकुम्भी झारले कुरुप बनाए पछि वर्सेनि यो अभियान चलाउँदै आएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com