Welcome, Guest Log In Sign Up  

काशीनाथ तमोटलाई धर्मादित्य धर्माचार्य पुरस्कार

rnby rn
Sat Jun 7, 2008 6:09 pm NST

यस वर्षको धर्मादित्य धर्माचार्य पुरस्कार सहप्राध्यापक काशीनाथ तमोटलाई प्रदान गरिएको छ । भाषासेवी धर्मादित्य धर्माचार्यको १०७ औं बर्षगाँठको उपलक्ष्यमा आज उनलाई एक कार्यक्रमबीच यो पुरस्कार प्रदान गरिएको हो ।

नेपालभाषाको साप्ताहिक पत्रिका देशय् मरुझ्याःमा नेवार समुदायको जीवित देवी कुमारीको बारेमा लेख लेखेवापत टमोटलाई पुरस्कार प्रदान गरिएको थियो । बर्षभरिमा नेपालभाषाको विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख रचनाहरुमध्ये उत्कृष्ट लेख रचनालाई यो पुरस्कार दिने गरिन्छ ।

कार्यक्रममा भाषा साहित्य लिपि र संस्कृति उकास्न विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरेका वौद्ध विद्धान फणिन्द्ररत्न वज्राचार्यलाई पनि सम्मान गरियो । मां भाय् पुचःले गरेको कार्यक्रममा नेवार समुदायवाट सभासद्मा चुनिनु भएका कवि बुद्ध सायमीलाई नेवार समुदायको आवाज संविधानमा समावेश गराउन सकियोस् भनि बधाई दिनुका साथै सम्मान गरियो ।

कार्यक्रममा संविधानसभाका सभासद् भिक्षु आनन्द स्थविरले धर्मादित्य धर्माचार्यको बारेमा प्रकाश पार्नुका साथै पुरस्कार बिजेतालाई बधाई समेत दिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com