Welcome, Guest Log In Sign Up  

एमाले कार्यकर्तामाथि हमला

rnby rn
Fri Jun 6, 2008 4:57 pm NST

गएराति रामेछापको खिम्तीमा नेकपा माओवादीको भातृसंगठन वाईसीएलका कार्यकर्ताले एमालेका कार्यकताहरुलाई कुटपिट गरि घाइते बनाइदिएका छन् । कुटपिटमा एमालेका चन्द्रबहादुर खड्का, बलराम कडरियालगायत सात जना एमाले कार्यकर्ता घाइते भएका थिए । घाइतेहरुलाइ काठमाडौंको मोडेल अस्पतालमा उपचार गराइरहेको छ ।

यसै क्रममा घाइते कार्यकर्ताको स्वास्थ्यस्थिति बुझेपछि नेकपा एमालेका महासचिव झलनाथ खनालले माओवादीको भातृसंगठन वाईसीएलका अराजक गतिविधि अविलम्ब रोक्न माओवादी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । महासचिव खनालले अब पनि वाईसीएलले आफ्ना गतिविधि नसुधारे जनता सधैंभरी सहेर नबस्ने चेतावनी दिए । महासचिव खनालले माओवादीले अझै लोकतान्त्रिक पद्धतिमा बिश्वास गर्न नसकेको आरोप लगाए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com