Welcome, Guest Log In Sign Up  

पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार

dineshby dinesh
Wed Jun 4, 2008 6:01 pm NST

आज दिउँसो बसेको मन्त्रीपरिषदको बैठकले पूर्व राजा ज्ञानेन्द्रलाई बस्नको लागि नागार्जुन दरबार उपलब्ध गराउने निर्णय गरेको छ । आफ्नो व्यवस्था नहुन्जेलसम्म बासस्थान र सुरक्षाको माग गरेको सम्बन्धमा मंगलबार तीन दलबीच नागार्जुन दरबार केही समयका निम्ति उपलब्ध गराउने सहमति भएपछि मन्त्रिपरिषद्को बैठक बसी आज त्यसको औपचारिक निर्णय गरेको हो ।

यस निर्णय सम्बन्धमा केहीले विरोध गरेका थिए भने स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए ।

मन्त्रीपरिषद निर्णय अनुसार पूर्व राजाले नागार्जुनको दरवार एरिया मात्र उपभोग गर्न पाउनेछन् बाँकी जंगल क्षेत्र भने नेपाल सरकारकै मातहतमा रहने छ । नागार्जुन दरवार नेपाल सरकारको नाममा केही समयअघि राष्ट्रियकरण गरिएको थियो ।


Post a reply

Related Stories
ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडे
नारायणहिटीमा ज्ञानेन्द्रको पत्रकार सम्मेलन
ज्ञानेन्द्रको वहिर्गमन आज
रत्न र सरलालाई नारायणहिटीमै बस्न दिने
नारायणहिटी दरवारका बारेमा केही कुरा
तेस्रो साइतमा मात्र सर्ने भए ज्ञानेन्द्र
ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने शंभावना

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com