Welcome, Guest Log In Sign Up  



नारायणहिटी दरवारका बारेमा केही कुरा

तीर्थ गुरुङ

नारायणहिटी दरवारमा ज्ञानेन्द्र वहिर्गमन भएको भोलिपल्ट विशाल कार्यक्रम गर्ने भन्ने कुराहरु बाहिर आएको छ । एउटा हामीले के सोच्नुपर्छ भने राजालाई नारायणहिटी बाट लखेटे पनि त्यस भित्रको महत्वलाई हामीले जोगाई राख्नुपर्छ । एकातिर संग्रहालय बनाउने कुरा पनि भइरहेको छ । यदि संग्रहालय बनाउने हो भने राजाले लगाउने श्रीपेच लगायत बहुमुल्य सामग्रीहरु त्यस दरवारभित्र छन् । जथाभावी मानिसहरुलाई नारायणहिटी परिसर भित्र हिड्डुल गर्न दिंदा अनेक गोप्यताहरु भङ्ग हुन सक्छन । त्यसैले सुरक्षाको दृष्टीकोणले आजैदेखि यदि सर्वसाधरणलाई प्रवेश दिने हो भने कुन ठाउँसम्म हिड्डुल गर्न दिने हो त्यस कुराको कडाईका साथ पालना गराईनु पर्दछ । जथाभावी फोटोहरु खिच्न दिनु हुँदैन । निषेधित ठाउँहरु तोक्नु पर्दछ ।

अर्को कुरा के भने अहिले राष्ट्रपति भवनको लागी भवन र निर्माणस्थलको खोजी भइरहेको थाहा हुन आयो । देश आर्थिक रुपमा जिर्ण भएको अवस्थामा नयाँ भवनहरु निर्माण गर्नु सट्टा विद्यमान संरचनाहरुलाई प्रयोगमा ल्याउन सकिन्छ । यदि नारायणहिटीलाई संग्रहालय नबनाउने हो भने त्यसैलाई राष्ट्रपति भवन बनाउन सकिन्छ । किनभने नारायणहिटी भित्र अनगिन्ती कोठाहरु छन् । यदि ती कोठाहरुको दैनिक सफाई भएन भने नारायणहिटी कुरुप भएर जानेछ । यस बाहेक सुरक्षाको दृष्टीकोणले शीतल निवास लाई पनि पुर्ननिर्माण गरी प्रयोगमा ल्याउन सकिन्छ । किनभने यस भित्र फराकिलो ठाउँ र राम्रा आकर्षक पूर्वाधारहरु पनि छन ।

आज राजा ज्ञानेन्द्रले जुन गति भोग्नु परिरहेको छ त्यो उनको कृयाकलापको फल हो भन्न मलाई कुनै किसिमले पनि आत्मग्लानी भएको छैन । उनि आफ्ना दाजु जस्तै संवैधानिक राजा भएर बसेको भए आज यो हविगत बेहोर्नु पर्ने थिएन होला । नेपालमा राजसंस्था एउटा संरचना भन्दा पनि एउटा संस्कृतिको धरोहरको रुपमा रहनु पर्ने थियो । विरोधै विरोधको यो भेलमा आज कोही पनि यी राजाको पक्षमा बोल्ने ब्यक्तिहरु पाइँदैन । पत्याउँदा नपत्याउँदै निकट भविष्यमा नै राजा ज्ञानेन्द्र नारायणहिटीबाट वर्हिगमन हुँदैछ । उनले यस्तो दिन भोग्नु पर्ला भनेर सपनामा पनि सोचेका थिएनन होला । विगतमा राजनैतिक दलहरुलाई पाखा लगाएर आफू एक्लैले शासन हाँक्न खोज्दाको परिणाम हो यो । हुन त जे हुनु छ त्यो टारेर टर्दैन यो कुरा हुनु नै थियो । मरेको बाघको जुङ्गा उखाले जस्तै आज ज्ञानेन्द्रका विरुद्धमा अनेक आक्षेप र विषबमन भएको पाईन्छ । के ज्ञानेन्द्रले त्यस्तै गरेका हुन त होइन भने वास्तविक कुरा थाहै नपाई कसैको विरोधमा जथाभावी बोल्नु ठिक होईन जस्तो लाग्छ ।

ज्ञानेन्द्र आज साधरण नागरिक सरह भए पनि हिजो देशको राजा थिए भन्ने कुरा कसैले विर्सनु हुन्न । विशेष गरी राजनैतिक दलका नेताहरुले । आज जनाधारले राजालाई राजगद्दी बाट निर्मलनिवासमा पुर् याएका छन भने भोली प्रचण्ड गिरिजालाई पनि जनताले त्यसै गरी लखेट्न बेर लाग्ने छैन । किनभने अहिलेनै प्रमुख दलहरु देशको समस्यालाई भन्दा पनि सत्तामा कसरी जाने भन्ने विषयमा मात्र कुकुरले हड्डीका लागी संघर्ष गरे जस्तै गरीरहेका छन । अझ माओवादीले त धम्कीको भाषा बोलीरहेका छन् । अब विचार गर्नु पर्ने छ यदि माओवादीहरु सत्तामा आए भने अन्य दलहरुको स्थिति कस्तो होला । त्यो कुरा त भविष्यले देखाउने छ ।


Post a reply

Related Stories
ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडे
नारायणहिटीमा ज्ञानेन्द्रको पत्रकार सम्मेलन
ज्ञानेन्द्रको वहिर्गमन आज
रत्न र सरलालाई नारायणहिटीमै बस्न दिने
पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार
तेस्रो साइतमा मात्र सर्ने भए ज्ञानेन्द्र
ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने शंभावना

More Stories Like this
वैदेशिक रोजगारमा स्वास्थ्य परिक्षणमा कमिसन तन्त्र
नेपाल प्रहरीमा मुल्यांकन र बढुवा
मितव्ययीता विदेश भ्रमण सभासद र औषधोपचारको कुरा
नयाँ सरकार र कुटनैतिक पहल
नयाँ सरकार, जनता र राहत

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com