Welcome, Guest Log In Sign Up  

जापानमा नेपाली रोबोट

रविन राचलिका

सन् २००९ को नवांै सस्करणको एसिया प्यासिफिक क्षेत्रिय रोबोट प्रतियोगिता आउँदो अगस्टमा जापानको टोकियोमा हुदैंछ । यस प्र्रतियोगिताको मूल विषय 'जापानी ड्रममा संगै यात्रा गरौं' रहेको छ । यो विषय जापानमा हुने पुरानो बैवाहिक परम्परा सँग सम्बन्धित छ जसमा २ जना व्यक्तिले डोलीमा दुलही बोक्ने गर्दथे । प्रतियोगितामा भने दुई व्यक्ति र दुलहीको भुमिका रोबोटहरुले निभाउनु पर्नेछ । दुई वटा रोबोट एउटा स्वचालित र अर्को मानव नियन्त्रितले डोली जस्तो भारी बोक्नेछन् जसमा अर्को स्वचालित घुमन्ते रोबोट चढ्नेछ । उकालो ओरालो र अन्य अफ्ठ्याराहरुलाई पार गर्दै अन्तिममा पुगेपछि भारीबाट घुमन्ते रोबोट उत्रि अगाडि राखिएको ड्रम बजाउनेछ । जुन टिमले छोटो समयमा ड्रम बजाउन सक्षम हुन्छ सॊही टिम विजयी हुनेछ ।

बिक्रम अधिकारीको नेतृत्त्वमा टिम सदस्यहरु कपिल पुडासैनी र नवराज गुरुङ भाग लिन निकै उत्साहित भएका छन् । सम्पूर्ण तयारीहरु भइसकेका उनीहरुले जानकारी गराए । राबोटहरु जापान पठाउन केहि दिन अझै बाँकी रहेकाले प्रतियोगितामा उत्कृष्ट परिणाम ल्याउन उनीहरु पुल्चोक क्याम्पसमा अहोरात्र खटिरहेका छन् । छोटो समयमा गर्न सकिने सुधार कार्यहरुमा यतिबेला अथक रुपले लागि परेका छन् । पहिलेका रोबोहरु भन्दा अहिलेका रोबोटहरु बलियो परिष्कृट र जटिल भएकाले प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेमा विश्वास पुल्चोक क्याम्पसका प्राध्यापक शशीधरराम जोशीले ब्यक्त गरे ।

साथै अन्य १० जना विद्यार्थीहरुको ११ महिनाको समुहगत कार्यबाट यी रोबोटहरु निर्माण भएको हो । टिमको संयोजक ई। रमेश चौधरी गरेका छ भने रोबोट निमार्णका अन्य हस्तीहरुमा दिपक गुरुङ प्रशान्त ज्ञवाली गिरेश सिह सरोज पौडेल सुमित श्रेष्ठ बिक्रान्त गौतम चन्द्र थापा र स्वरुप घोष रहेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com