Welcome, Guest Log In Sign Up  

संविधानसभा कति समानुपातिक ?

m-shresthaby m-shrestha
Sun May 25, 2008 10:01 pm NST

नेपाल र नेपाली जनताको भाग्य र भविष्य कोर्ने भनिएको ऐतिहासिक संविधानसभाको निर्वाचन केहि अपवादलाई छोडेरर दक्षिण एसियाली मुलुकहरुमा जसरि निर्वाचनहरु हुनेु गर्दछन् त्यसरी नै स्वतन्त्र निष्पक्ष धाँधली रहित रुपले र शान्तिपूर्ण एवं उल्लासमय वातावरणमा सम्पन्न भई त्यसको अन्तिम परिणाम समेत घोषणा भइसकेको छ र पर्सि २०६५ जेठ १५ गते त्यसको प्रथम बैठक समेत आव्हान भइसकेको छ ।

संविधानसभामा मुलुकका सबै जातजाति भाषाभाषी र लैंगिक जनसंख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने विषयलाई लिएर ठूलै आन्दोलन चलेको थियो जसको फलस्वरुप अन्तरिम संविधानमा तेस्रो संशोधन भई ३३५ सदस्य समानुपातिक निर्वाचनबाट २४० सदस्य प्रत्यक्ष निर्वाचनबाट र २६ सदस्य मन्त्रीपरिषदले मनोनित गर्ने गरी कूल ६०१ सदस्यीय संविधानसभाको संरचनामा सहमति भएको थियो ।

शुरुमा २४० सदस्यहरुको प्रत्यक्ष निर्वाचनमा पनि समावेशी र समानुपातिकताको अवधारणालाई अंगिकार गरिने छ भनिए तापनि पछि समानुपातिक तर्फ ३० प्रतिशत भन्दा कम उम्मेदवारी दिने दलहरुले समानुपातिक प्रतिनिधित्व सम्बन्धि नियम पालना गर्नु नपर्ने भनी संविधानसभा निर्वाचन सम्बन्धि ऐन नियम संशोधन भए पछि समानुपातिक प्रतिनिधित्वको अवधारणा र आन्दोलनले ठूलै धक्का खान पुगेको छ ।

संविधानसभा निर्वाचनको अन्तिम नतिजा अनुसार संविधानसभामा समानुपातिक प्रतिनिधित्वको माग गर्ने प्रमुख जातजाति र भाषाभाषीहरुको प्रतिनिधित्व प्रतिशत कति रह्यो भन्ने बारे तलको तालिकामा देखाउने प्रयास गरिएको छ । ठकुरी र क्षेत्रीहरुको कतिपय थर मिल्ने हुँदा छुट्याउन गाह्रो परी तिनलाई एकै ठाउँमा राखिएको छ । केहि मगरहरुले क्षेत्रीको जस्तै थर लेख्ने हुँदा तिनीहरुको आँकडा विश्वसनीय नहुन सक्छ ।



क्षेत्री र ठकुरीको प्रतिनिधित्व दुई-तिहाई पनि हुन सकेन भने पाहडे बाहुनको प्रतिनिधित्व भने निकै उच्च छ । नश्ल भाषा र धर्म मिल्ने यी तीन वटै जातलाई एउटै समुहमा राख्दा भने उनीहरुको सामुहिक प्रतिनिधित्व ११६.५७ % पुग्छ । मगर र तामाङको प्रतिनिधित्व ६० % पनि पुग्न सकेन । मुसलमानहरुको प्रतिनिधित्वले बल्ल दुई-तिहाई नाघ्न सकेको छ भने नेवार र थारुहहरुको प्रतिनिधित्व क्रमसः ८७.५० % र ९२.३१ % मै सिमित रह्यो । राईहरुको प्रतिनिधित्वले १०० % नाघेको छ भने गुरुङ र यादवको प्रतिनिधित्व डेढी र डेढी भन्दा बढी छ । लिम्बुहरुको प्रतिनिधित्व जनसंख्याको अनुपातमा झण्डै दोब्बर छ ।


Post a reply

More Stories Like this
ट्राफिक प्रशासनको ज्यादतिपुर्ण ब्यवहार
भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com