Welcome, Guest Log In Sign Up  

तीनदल बैठक बिना निष्कर्ष टुंगियो

rajuby raju
Sun May 25, 2008 1:32 pm NST

नयाँ सरकार गठन र राजनीतिक सहमतिका आधार तय गर्न आज बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बसेको बैठकमा नेकपा माओवादी कांग्रेस र एमालेका शिर्ष नेताहरु सहभागी भएको थियो ।

माओवादीले सरकार गठनका लागि भोलिसम्म सहमति जुटाउने जानकारी गराएको छ । छलफलमा कांग्रेस र एमाले नेताहरुले माओवादी नेतृत्वलाई वाईसिएलका गलत कि्रयाकलाप अन्त्य गर्न र कब्जा गरिएका सम्पति फिर्ता गर्न आग्रह गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले आगामी दिनमा माओवादीका कुनै पनि तहबाट गलत कि्रयाकलाप हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो । काँग्रेस एमाले नेतृत्वले माओवादी अध्यक्षसंग प्रतिबद्धता भन्दा पनि व्यवहारमा रुपान्तरण हुन आग्रह गरेको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वलाई सरकार गठनका लागि सहमति जुटाउन औपचारिक आब्हान गरेलगत्तै आज बसेको प्रमुख दलहरुको बैठक भोली बिहान ८ बजे पुन बस्ने गरि टुंग्याएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com