Welcome, Guest Log In Sign Up  

व्यवसायी श्रेष्ठको हत्या प्रतिवेदन सार्वजनिक

rnby rn
Sat May 24, 2008 3:13 pm NST

कोटेश्वरका होटल व्यवसायी रामहरि श्रेष्ठको काठमाडौंमा हत्याबारेको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालका उपाध्यक्ष बोर्णबहादुर कार्कीले चोरीको अभियोग लागेकाहरुलाई एकै ठाउँमा राख्दा हुनसक्ने क्षतितर्फ कसैले ध्यान दिन नसक्दा दुःखद घटना भएको बताएका छन् ।

प्रतिवेदनमा सरोकार केन्द्रले चोरीको घटनालाई कानूनी प्रकि्रयातर्फ अगाडि बढाई छानबिन गर्नुपर्नेमा त्यसो नगरेर जनमुक्ति सेनाको तेश्रो डिभिजन कार्यालयका अधिकारीबाट गम्भीर गल्ती गरेको ठहर समेत गरेको छ । साथै प्रतिवेदनमा नेकपा माओवादीले संगठनका विभिन्न तहमा कार्यरत कार्यकर्ता तथा अधिकारीलाई फौजदारी अपराधसँग सम्बन्धित घटनाहरु आफैंले छानबिन र अनुसन्धान गर्ने प्रकि्रया र पद्धति छोड्नुपर्ने निष्कर्ष निकालिएको छ ।

संस्थाका अध्यक्ष मुक्ति प्रधानले सार्वजनिक गरिएको प्रतिवेदन प्रारम्भिक मात्र भएकोले घटनाका बारेमा सरकार र माओवादीबाट गठित छानबिन आयोगहरुले तत्काल आफ्नो कार्य प्रारम्भ गरी यथासक्य छिटो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए । साथै उनले घटनालाई राजनीतिकरण गरिए मृतकका परिवारले घटनाबारे एकिन जानकारी पाउन नसक्ने अवस्था सिर्जना हुने र घटनाको वास्तविकता ओझेलमा पर्नसक्ने आशंका पनि व्यक्त गरे । साथै माओवादीले यस्ता घटनामा सम्बन्धित प्रहरी कार्यालयमा सूचना गर्नुपर्ने कडा निर्देशन आफ्ना मातहतका निकायलाई दिन पनि आग्रह गरेको छ । नागरिकको जीवन र उसको व्यक्तिगत स्वतन्त्रताको महत्व र रक्षामा जिम्मेवार बन्न सकेमा यस्ता घटना नघट्ने प्रतिवेदनमा लेखिएको छ ।


Post a reply

Related Stories
आज श्रेष्ठको दाहसंस्कार
रामहरिको शव फेला पर्‍यो
आज उपत्यका बन्द
रामहरी श्रेष्ठको हत्याको सर्वत्र निन्दा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com