Welcome, Guest Log In Sign Up  

अमेरिकामा सय नेपाली काम्दार बेपत्ता

subhashby subhash
Thu Jan 31, 2008 11:51 am NST

संयुक्त राज्य अमेरिकाको अलाबामास्थित एक डीभीडी कम्पनीमा कार्यरत लगभग एक सय नेपाली काम्दार एकाएक बेपत्ता भएका छन् । आफू बसीरहेको अपार्टमेन्टबाट त्यहाँका फर्निचर र भाँडाकुँडा सहित तिनीहरु बेपत्ता भएको भनी समाचार संस्था एपीले जनाएको छ ।

हन्टसभ्याली स्थित उक्त डिभीडी कम्पनीमा केही समयअगाडी मात्र १३५० जना विदेशी काम्दारहरुलाई रोजगारी दिइएको थियो । त्यसमध्ये नेपालीहरु पनि ठूलो संख्यामा रहेको थियो । यी नेपालीहरुको भीसा अवधि सकिएको हुन सक्ने र यही कारणले केही जानकारी विना भागेको हुन सक्ने आशंका गरिएको छ ।

अलाबामाको गृहमामिला सुरक्षा प्रवक्ता लाउरेन बेथ्युनले भने ती कामदारहरु यसरी एक्कासी बेपत्ता हुनु कुनै अर्थमा सुरक्षा संकट नभए पनि यो घटना महत्वपूर्ण रहेको बताएकी छिन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com