Welcome, Guest Log In Sign Up  

माओवादी अध्यक्षलाई प्रधानमन्त्रीको आह्वान

rnby rn
Sat May 24, 2008 3:07 pm NST

तीन दलको शनिवार बसेको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नयाँ सरकार गठनका लागि माओवादी अध्यक्ष प्रचण्डलाई औपचारिक आह्वान गरेका छन् । बैठकमा प्रधानमन्त्री कोइरालाले माओवादीलाइ ठूलो दलको हैसियतले सरकार गठन गर्नका लागि सहमति जुटाउन पनि अनुरोध गरेका छन् । बैठकमा संविधान संशोधनका विषयमा समेत छलफल भएको थियो ।

संविधान संशोधनको विपक्षमा रहेको माओवादी नेतृत्व गणतन्त्र कार्यान्वयनका लागि संविधान संशोधन गर्न सहमत हुने शान्ति तथा पुनर्निमाण मन्त्री रामचन्द्र पौडेलले आशा व्यक्त गरे । पौडेलले तीन दलका नेताबीच २६ जना सभासद मनोनयन प्रकि्रयाका बिषयमा समेत छलफल भएको जानकारी दिए । बैठकमा तीन राजनीतिक दलबीच सरकार गठन गणतन्त्र घोषणाका बिषयमा सहमति भएको छ । बैठकमा तीनै दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । बैठकपछि साचारकर्मीहरुसँग कुरा गर्दै शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले राजनीतिक सहमति बनाएर सरकार गठनको प्रस्ताव लिएर आउन प्रचण्डलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकार प्रमुखको हैसियतले आह्वान गर्नुभएको जानकारी दिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com