Welcome, Guest Log In Sign Up  

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमूना संबिधान २०६५ तयार

rnby rn
Sat May 24, 2008 2:12 pm NST

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमूना संविधान २०६५ तयार गरिएको छ । संघीय लोकतान्त्रिक नेपालको नमूना संविधानको मस्यौदा तयार गर्न १४ दिन अगाडीदेखि सुरु गरिएको तालिमको जेष्ठ १० गते शुक्रवार समापन गरियो ।

जातीय भेदवाव विरुद्ध राष्ट्रिय मञ्च एन कार्डको आयोजनामा १४ दिनसम्म संचालित तालिमले ५८ पृष्ठको नमूना संविधान तयार गरी पारित समेत गरियो । समापन समारोहमा प्रमुख अतिथि एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरले १४ दिने प्रयास स्वरुप तयार भएको नमूना संविधानको खाकालाइ गाउँगाउँमा पुगी सहभागी सभासदहरुले जागरण दवाव ल्याउनु पर्ने बताए । उनले गरिव अशिक्षित भनिने नेपालीले साहशपूर्वक संविधान बनाउने सम्मको फड्को मार्न सक्नुका साथै विशुद्ध स्तरवाट बनाउन सकेको नमूना संविधान वास्तविक संविधानसभाका सहभागी ६०१ जना सभासद्लाइ अध्ययन र प्रेरणाको विषय बन्ने दाबी समेत गरे ।

समापन समारोहमा संविधानसभाका सहभागी ६०१ जना सभासदले २ वर्षमा वनाइने संविधानमा नमूना संविधानका आवाजलाइ सम्मानका साथ उठाइदिन समेत माग गरिएको थियो । कार्यक्रममा नमूना संविधानसभाका सभाध्यक्षँ ज्योतिका रोकामगर सभापति मल्ल के सुन्दर नमूना संविधानसभासद् मोजाहिद अन्सारी लगायतले नमूना संविधानको बारेमा मन्तव्य राखेका थिए । सोहि कार्यक्रममा प्रमुख अतिथि तुलाधरले ११ केन्द्रबाट प्रतिनिधि गराइएका ८८ जना सभासद्हरुलाई आभार पत्र प्रदान गरेका थिए । भक्तपुरको खरिपाटीमा आयोजित १४ दिने तालिममा नयाँ नेपालको नयाँ संविधानमा के कस्ता विषयवस्तु समावेश गरेर संविधान वनाउने भन्ने बारे नमून संसद समेत वनाइ तालिम दिइएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com