Welcome, Guest Log In Sign Up  



गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई खुल्ला पत्र

तीर्थ गुरुङ

कृष्ण प्रसाद सिटौला नाम गरेका एकजना व्यक्ति छन् नेपालमा जो नेपालका आफूलाई गृहमन्त्री हुँ भन्ने दावी गर्छन । यी कस्ता खालका गृहमन्त्री हुन भन्ने कुरा त यिनको बारेमा यहाँ धेरै बखान गरेर समय खर्चन चाहन्न । यी यस्ता गृहमन्त्री हुन जसले संविधानसभाको चुनावमा आफ्नो पार्टी नेपाली काँग्रेसलाई इतिहासमा कहिल्यै नविर्सन सकिने किसिमले चुनावी हारको उपहार दिएका छन । काँग्रेसका कार्यकर्ताको थुप्रै अनुरोधलाई यिनले नकारे शान्ति सुरक्षा भएन भनेर जिल्लाका कार्यकर्ताहरुले आवाज उठाउँदा समेत कुनै वास्ता नगर्दाको परिणाम बन्न पुग्यो चुनावी हार । कृष्ण प्रसाद सिटौलाजी लाई के पीर थियो भने माओवादीको ज्यादतीको विरुद्ध कानुनी प्रकृया अपनाउँदा कतै माओवादीहरु रिसाउने त होइन । वास्तवमा यिनले देशको शान्ति सुरक्षा गर्ने निकायलाई माओवादीको चाकरी गर्ने क्रममा यति साह्रो पङ्गु बनाएका छन की आजकल वाइसीएले कुनै पनि कृयाकलाप प्रति नेपाल प्रहरी मुकदर्शक भएर बस्छ । केही गर्न सक्दैन । किनभने नेपाल प्रहरीको हात गृहमन्त्री सिटौलाले बाधेर राखेका छन । संक्षेपमा भन्नु पर्दा कृष्ण प्रसाद सिटौला देशका गृहमन्त्री नभइ माओवादीका सकृय कार्यकर्ता हुन । गृहमन्त्रीको हैसियतले उनले कुनै सकृय भूमिका अपनाएको देखिदैन । यिनी त माओवादीको सवारी मन्त्री भन्दा थप अरु केही हुनै सक्दैनन । यिनको यही कृयाकलापले गर्दा नेपाल प्रहरीका कुनै पनि कर्मचारी यिनीप्रती सन्तुष्ट छैनन । सलाम खाएर मख्ख पर्दैमा ठुलो मान्छे भईदैन सिटौला जी । बसन्त कुवंरले तपाई प्रति व्यक्त गरेको अभिव्यक्ति त एउटा नमूना मात्र हो । यस्ता असन्तुष्टी त अ´ धेरै छन् प्रहरी संगठनभित्र ।

यहाँ कुरा गर्न खोजेको चाही माओवादीद्वारा अपहरण पछि मारिएका कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको सम्बन्धमा हो । आजका दिन सम्म आईपुग्दा माओवादीले व्यक्त गरेका अभिव्यक्ति आकाश र जमीन फरक पर्न गएको छ । यति विघ्न जनमतबाट ठुलो दल बन्न पुगेको माओवादी पार्टीको यस प्रकारको गैर जिम्मेवारी पुर्ण अभिब्यक्तिले अनेक शङ्का उव्जाएको छ । तल्ला तहका कार्यकर्ताले भनेका गरेका गलत कुराहरुलाई माओवादीका माथिल्ला तहका नेताहरुले समेत ढाकछोप गर्नु लाजमर्दो कुरा हो । अब देशको सत्ता आफ्नो हातमा आउन लागेको बेलासम्म पनि किन यी माओवादीहरु सुध्रन नसकेका होलान । आज सडकमा रामहरी श्रेष्ठको पक्षमा उनको निर्मम हत्याको विरोधमा स्वतः स्फुर्त जुन जनलहर सडकमा देखा परेको छ त्यस समुहलाई माओवादी अध्यक्ष प्रचण्डले प्रतिकृयावादी देख्न थालेका छन । धमीलो पानीमा माछा मार्न खोजेको भन्न समेत पछि परेनन । माओवादीबाट व्यक्त हुने सहानुभुती शव्दहरु त केवल गोहीको आँसु मात्र हो भन्दा फरक पर्दैन ।

यति धेरै तथ्यहरु प्रकाशमा आई सक्दा पनि देशको एकमात्र गृह प्रशासन किन मौन छ किन आजसम्म एउटा वक्तव्य समेत आउंदैन । म एउटा साधरण नागरिकको हैसियतले बुझ्न सकिरहेको छैन । आजका दिनसम्म भन्ने हो भने गृह प्रशासनले एउटा उच्चस्तरीय छानविन आयोग बनाई सक्नु पर्ने थियो । अपराध अनुसन्धान गर्ने एकमात्र निकायका प्रमुख ओमविक्रम राणा ज्यु तपाई पनि किन शिथिल हुनु भएको के तपाईले प्रहरी प्रधान कार्यालयबाट कुनै टोली खटाउन सक्नु हुन्न अनुसन्धानका लागी । हुन त तपाई पनि गृहमन्त्री जस्तै लाचार महानिरीक्षक हुनुहुन्छ भन्दा फरक पर्दैन । रामहरीको हत्याको अनुसन्धानका लागी कडा आदेश दिदाँ कतै तपाईहरुको पदावधी समाप्त हुन्छ भन्ने डर हो की । अन्तमा तपाईहरुको यस्तो लाचारीपन देख्दा म आफैलाई लाज लागेर आईरहेको छ । अनि सोच्ने गरेको छु यो देश कानुनी राज्य त हो । हो भने किन यस्तो जङ्गली राज भईरहेको छ त । आज रामहरी श्रेष्ठलाई पर्न गएको समस्या भोली हामी र हाम्रा परीवारजनहरुलाई पनि पर्न सक्छ भन्ने किन हेक्का नभएको होला यी गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई । अब त सदबुद्धि आउने थियो की । तपाईहरुले समयमानै आफ्नो कर्तव्य पालन गर्नोस नत्र लाजै नमानी पद सम्हालेर बस्न नैतिकताले दिदैन । आज सडकमा देखिएको रामहरी श्रेष्ठको हत्या विरुद्धको जनआक्रोश मानवीय समवेदना र भावानात्मक लहरको समर्थन हो । दोषीलाई समयमानै कठघरामा उभ्याईएन भने जनआक्रोश अझ बढेर जाने छ ।


Post a reply

More Stories Like this
वैदेशिक रोजगारमा स्वास्थ्य परिक्षणमा कमिसन तन्त्र
नेपाल प्रहरीमा मुल्यांकन र बढुवा
मितव्ययीता विदेश भ्रमण सभासद र औषधोपचारको कुरा
नयाँ सरकार र कुटनैतिक पहल
नयाँ सरकार, जनता र राहत

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com