Welcome, Guest Log In Sign Up  



ध्यानाकर्षण

तीर्थ गुरुङ

देशको राजधानीको पुरानो नाम चलेको एउटा सडकको नाम हो पुतली सडक । मेरो कार्यालय आउने जाने नियमीत मार्ग हो पुतली सडक । शायद प्रधानमन्त्रीदेखि अन्य मन्त्री र उच्च पदस्थ कर्मचारीहरुको आवत जावत गर्ने प्रमुख सडक नै हो जस्तो लाग्छ । बागबजार र डिल्लीवजार जाने चोकबाट उत्तर तर्फ प्रज्ञा प्रतिष्ठान आउने सडकमा राम्रा राम्रा गगन चुम्बी भवन र पसलहरु पनि छन् । तर यस क्षेत्रमा रहेका सडक पेटीको अवस्था विद्यार्थीको फाटेको जुत्ता जस्तो देखिन्छ । ढल माथी राखीएका कतिपय स्ल्याबहरु फुटेको र ढलभरी प्लाष्टिक र फोहर मैलाले भरीएको देख्न सकिन्छ । खै कुन्नी किन हो उक्त क्षेत्रमा व्यपार व्यवसाय गर्ने व्यापारीहरुको आफ्नै नाक अगाडीको सडक पेटीको यस प्रकारको दुरअवस्था हुँदा समेत कुनै चासो दिएको देखिदैन । एउटा सभ्य नागरीकलाई यसरी मौन भएर बस्न अवश्य नै लाजमर्दो कुरा हो ।

हामी देशमा पर्यटक भित्राएर डलर कमाउने कुरा गर्छौ तर आफ्नै घर अगाडीको सडक पेटीको मर्मत र सुधार गर्न सक्दैनौ । पुतली सडक ऐतिहासीक सडक हो भनेर चिनाउन मर्मत नगरीएको हो भने अबदेखि हाम्रो ऐतिहासीक सडक यो हो भनेर भत्केको सडक पेटी पर्यटक लाई देखाउने पो हो की होईन भने त्यस क्षेत्रका नागरीक र जनप्रतिनिधीहरुको आँखामा किन कालो पट्टी बाधिएको हो किन स्थानीय चुनावलाई पर्खिएर बसेको हो ।

अर्को कुरा बागबजारको चोकदेखि सिंहदरवार आउने क्रममा दाहीने पट्टी सडक पेटी खनिएको महिनौ भईसकेको छ । पुतली सडक जस्तो व्यस्त ठाउँमा खनिएको सडक पेटी के का लागी खनिएको हो खन्ने प्रयोजन किन के का लागी हो । विदेश तिर हो भने यस्ता मर्मत सुधारका कार्यहरु २४ घण्टा भित्रनै सकिन्छ । तर हामी कहाँ पेटी खनीयो कसले खन्यो र किन पेटीलाई जस्ताको तस्तै बनाईएन भन्ने कसैले चासो दिएको देखिएन । नागरीक समाजका अगुवा भनाउँदाहरु कहां छन । के उनिहरुको काम राजनीतिमा मात्र केन्द्रीत हो की यस्ता विसङ्गतीहरुको विरुद्ध पनि आवज उठाउने हो । अनि महानगर पालिकाका ठेकेदारहरु किन देख्दैनन यस्ता कुराहरु ।


Post a reply

More Stories Like this
वैदेशिक रोजगारमा स्वास्थ्य परिक्षणमा कमिसन तन्त्र
नेपाल प्रहरीमा मुल्यांकन र बढुवा
मितव्ययीता विदेश भ्रमण सभासद र औषधोपचारको कुरा
नयाँ सरकार र कुटनैतिक पहल
नयाँ सरकार, जनता र राहत

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com