Welcome, Guest Log In Sign Up  

बन्चरो हानेर बालकको हत्या

rnby rn
Wed May 21, 2008 2:33 pm NST

सुनसरीको दुहवीमा दूध बेच्न हिंडेका एक बालकको हत्या भएपछि स्थिति नियन्त्रणबाहिर जान नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । पसलमा दूध लिएर गएका १३ वर्षिय मोहम्मत फैजु मियालाई चिया पसले टीकाराम प्रधानले बन्चरो हानेर हत्या गरेका थिए ।

बालकले दूधको किस्ता मागेपछि होटल सञ्चालक प्रधानले ३ पटक बन्चरोले हानेका थिए । हत्याको विरोधमा इलाका प्रहरी कार्यालय दुहवीमा मृतकका परिवार र स्थानियवासीले प्रर्दशन गरेका छन् । हत्यापछि प्रहरीले पक्राउ गरेका प्रधानलाई स्थानीयवासीले नै कार्वाही गर्न पाउनुपर्ने माग गरेपछि स्थानीय वासिन्दा र प्रहरीबीच झडप भएको छ । झडपपछि प्रहरीले १५ राउण्ड हवाइ फायर पनि गरेको छ । आक्रोसित समुहले इलाका प्रहरी कार्यालयको गाडी समेत तोडफोड गरेका छन् । प्रदर्शनकारीले प्रहरी चौकीमा पनि आक्रमण गरेका छन् । आक्रोसित स्थानीयबासीन्दाले इलाका प्रहरी कार्यलय दुहबीको कागजात र फर्निचर पनि जलाएका छन् ।

झडपपछि उत्पन्न तनावका कारण सुनसरीको दुहवी बजार बन्द भएको छ । दुहबीमा भएको तनावपछि कोशी राजमार्गअन्र्तगत दुहबी विराटनगर सडक खण्डको यातायात पनि अबरुद्ध भएको छ । बालकको शव जिल्ला अस्पताल ईनरुवामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यारा प्रधानलाई बचाउन मृतकको शव इनरुवा अस्पताल पुर् याएको स्थानीयवासीको आरोप छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com