Welcome, Guest Log In Sign Up  

बनेपामा चण्डेश्वरी जात्रा मनाइदै

rnby rn
Wed May 21, 2008 2:30 pm NST

काभ्रेको बनेपामा परम्परागत चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइंदैछ । धार्मिक ग्रन्थका अनुसार चण्डेश्वरी जात्रा सत्रौ शताब्दीदेखि चल्दै आएको बिश्वास छ ।

प्रत्येक बर्ष बैशाख पुर्णिमामा मनाइने यो जात्रामा भाग लिन काभ्रेका बिभिन्न भागका साथै छिमेकी जिल्ला काभ्रे सिन्धुपाल्चोक र रामेछापबाट समेत सर्वसाधारण बनेपा आएका छन् । तीन दिनसम्म चल्ने जात्राको पहिलो दिन मंगलबार रित्तो रथलाई बाजागाजा र भजनसहित चण्डेश्वरी मन्दिर पुर् याइएको थियो । हजारौं दर्शक र धर्मावलम्बी रथयात्रामा सहभागी भएका थिए । चण्डेश्वरी मन्दिर पुर् याइएको रथमा चण्डेश्वरीको मुर्ति राखी पुनः बजार परिक्रमा गरेपछि जात्रा सकिने परम्परा छ । चण्डेश्वरी मन्दिर लैजाने क्रममा घोडेचौरको ठाडो उकालोमा नबिसाई रथ लैजानुपर्ने चलन छ । यो दृष्य सबैका लागि आकर्षक बन्ने गरेको छ । पाङ्ग्रा नभएको सबैभन्दा ठूलो रथ काँधमा बोकेर बजार परिक्रमा गराइने भएकाले जात्रा थप आकर्षक बन्ने गरेको छ ।

धार्मिक परम्पराअनुसार मृगस्थलीबाट आएका जोगीले पूजाआजा गरी भेडाको बली दिएपछि मुख्य जात्रा सुरु हुन्छ । दोस्रो दिन रथलाई कन्याहरुद्वारा पूजा र कलनदान गरेपछि तेस्रो दिन रथ फुकालिन्छ । परापूर्वकालमा देवतालाई दुःख दिने चण्डासुर दैत्यलाई बनेपास्थित रक्तचन्दन बनबाट उत्पति भई चण्डेश्वरीले मारेको खुशीयालीमा यो जात्रा मनाउन थालिएको किंवदन्ती छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com