Welcome, Guest Log In Sign Up  

सूचना प्रविधिको कुम्भमेला सुरु

subhashby subhash
Tue Jan 29, 2008 10:21 am NST

नेपालको सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक २००८ आज मंगलवारदेखि काठमाण्डौको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । कम्प्यूटर एशोसिएसन नेपालले वर्षेनि गर्दै आइरहेको यस प्रदर्शनी यस पटक चौधौंपटक आयोजना भइरहेको छ ।

यस पटकको प्रदर्शनीमा स्कूल, कलेज, कम्प्यूटर इन्ष्टिच्यूट, इन्टरनेट सेवा प्रदायक कम्पनी, कम्प्यूटर सम्वद्ध सामग्री उत्पादक र वितरक आदि समेत गरी २५० स्टलका प्रदर्शनीका साथै सूचना प्रविधिको वृहत सम्मेलन हुने जानकारी आयोजक संस्थाले दिएको छ । यसपटकको प्रदर्शनीमा नेपाल लगायत जापान, कोरिया, भारत आदि देशका सहभागी संस्थाहरुको विशेष आकर्षण रहने पनि बताइएको छ।

हरेक वर्ष झैं यसपटक पनि क्यानले आफ्नो प्रदर्शनी विगतका वर्षहरुभन्दा पृथक हुने दावी गरेको छ, तर यसपटकको प्रदर्शनीले दर्शकका मानसपटलमा के छाप छोड्ने हो त्यो भने हेर्न बाँकी नै छ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com