Welcome, Guest Log In Sign Up  

पञ्चवीरसिंह पुरस्कार प्रदान

rnby rn
Sat May 17, 2008 6:35 pm NST

बुद्ध संवत २५५० बर्षको पञ्चवीर सिंह पुरस्कार आज एक कार्यक्रमको आयोजना गरी लेखकद्धय सुनिता मानन्धर र शिशिर चित्रकारलाइ प्रदान गरियो । युवा वौद्ध समूहले आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि भन्ते कौण्डन्यले उत्कृष्ट लेखिका सुनिता मानन्धर र लेखक शिशिर चित्रकारलाइ पञ्चवीर सिंह पुरस्कार स्वरुप नगद रु ५ हजार र प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपालभाषाको एक मात्र दैनिक पत्रिका सन्ध्या टाइम्समा बुद्ध धर्म सम्बन्धी छापिएको लेखरचना मध्ये उत्कृष्ट एक जना पुरुष र एक जना महिलाको लेख रचनालाइ सम्मान गर्दै पञ्चवीर सिंह पुरस्कार प्रदान गरिंदै आएको छ । दाता पञ्चवीर सिंह तुलाधरले स्थापना गरेको कोषबाट केही वर्ष देखि यो पुरस्कार प्रदान गरिदै आएको हो । कार्यक्रममा बर्षभरिमा सन्ध्या टाइम्स पत्रिकामा प्रकाशित बौद्ध धर्म सम्वन्त्री लेखरचनालाई संगालेर प्रकाशित गरेको पलेमिखा भाग २ पुस्तक पनि विमोचन गरियो । कार्यक्रममा उत्कृष्ट लेखका सम्वन्धमा गौतमवीर बज्राचार्य र अमिता ध्वाखाःले समालोचना गरेका थिए भने दाता पञ्चवीर सिंह तुलाधरले कोषको बारेमा जानकारी गराएका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com