Welcome, Guest Log In Sign Up  

बुद्ध पुजा शोभा यात्रा

rnby rn
Sat May 17, 2008 1:06 pm NST

२५५२ औ बुद्ध जयन्ती तथा महिला बौद्ध समूहको १५ औं वार्षिकोत्सवको अवसरकार आज बिहान शोभा यात्रा गरियो । बिभिन्न टोलको सांस्कृतिक बाजागाजा सहित बौद्ध धर्मावलम्बिहरुले भाग लिएको सो शोभायात्रामा बुद्धको प्रतिमा नगर परिक्रमा गराइएको थियो ।

शोभायात्रा ह्यूमत बुद्धवारीवाट सुरु भइ कोहीति भिमसेनस्थान काष्ठमण्डप प्याफल नरदेवी किलागल जनबहाल न्यूरोड खिचापोखरी ओमबहाल जैशीदेवल लगन ब्रम्हटोल हुँदै पुनः ह्युमतमा आइ सम्पन्न भएको थियो । शोभायात्रा पछि श्रीघल महाबिहारका धम्मावती गुरुमावाट शील प्रार्थना बुद्ध पुजा र धर्म देशना गर्नुभयो । बुद्ध पुजाको अवसरमा महिला बौद्ध समूहलाई बुद्धको प्रतिमा प्रदान गर्नुहुने टेकूका न्हूछेदेवी महर्जनलाइ दोसल्ला ओढाइ सम्मान गर्नुका साथै शोभायात्रामा भाग लिएको बिभिन्न टोलका बाजा खलकलाइ प्रशंसा पत्र पनि प्रदान गरेकेा थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com