Welcome, Guest Log In Sign Up  

पूर्वाञ्चलमा यातायात खुल्यो

rnby rn
Sat May 17, 2008 1:02 pm NST

शुक्रवार दिनभर यातायात व्यवसायी र श्रम तथा यातायात व्यवस्था अर्थ र गृह मन्त्रालयका अधीकारिबीच भएको सहमति अनुसार यातायात व्यवसायीले हिजो बेलुकीबाट आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग विगतका सहमति कार्यान्वयन गर्ने सहमति भएपछि एक सातादेखि बन्द पूर्वाञ्चलको यातायात खुलेको हो ।

सरकारसँग २०६३ साल माघ ८ गते भएको सहमति कार्यान्वयन गर्ने पेट्रोलको दोहोरो मूल्य हटाउने सम्बन्धित मन्त्रालय तथा आयल निगमलाई निर्देशन दिने लगायत ७ बुँदे सहमति भएको छ ।

छुट्टै यातायात मन्त्रालय हुनपर्ने व्यवसायीहरुको मागबारे मन्त्रिपरिषद्को ध्यानाकर्षण गराउने सहमति भएको छ । त्यसैगरी दुर्घटना विमाको असीमित व्यवस्था वीमा कम्पनिले गर्नुपर्ने मागका लागि दीर्घकालीन नीति निर्माण गर्न अर्थ मन्त्रालयका सह-सचिव विमल वाग्लेको संयोजकत्वमा कार्यदल बनाउने र कार्यदलको सिफरिसको आधारमा विद्यमान कानुनी व्यवस्था पुनरावलेकन गरी उपयुक्त दीर्घकालीन नीति तय गर्ने सहमति भएको छ । संविधानसभामा सरकारले मनोनित गर्ने २६ जनामा यातायात व्यवसायीका तर्फबाट तीन जना सहभागी गराउन दलहरुको ध्यानाकर्षण गराउने सहमति पनि भएकॊ छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com